शंकर पोखरेलको प्रदेशमा ओलीलाई झट्का, घिमिरे भाइरल

बुटवल । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई एकजना हिम्मतीला युवाले कालोझण्डा देखाएर देशभरि भाइरल बनेका छन् ।

बुटवलमा शनिबार आयोजित कार्यक्रममा ती युवाले प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाएर चर्चा कमाएका हुन् ।

प्रधानमन्त्री ओलीले जितगढी उत्सवको समारोहलाई सम्बोधन गरिरहेकै बेलामा अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका थिए । घिमिरेले कालोझण्डा देखाउँदै गर्दा के गर्ने भनेर सुरक्षाकर्मीहरू अलमलमा परेका थिए ।

प्रधानमन्त्री ओलीभन्दा अगाडिपट्टि रहेको दर्शकदीर्घाबाट पत्रकारहरूले तस्बिर र भिडियो खिचिरहेको क्षेत्र नजिकै आएर घिमिरेले कालोझण्डा देखाएका थिए ।

‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै घिमिरेले ओलीलाई कालोझण्डा देखाएका थिए ।

शुरुमा त उनलाई प्रहरीले अलमल भएर नियन्त्रणमा लिएनन् । प्रधानमन्त्री ओलीले आफूले ‘उ कालोझण्डा देखाइरहेका छन्, तपाइँहरूले के हेरिरहनुभएको छ ?’ भनेपछि मात्रै प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।

उनी अर्घाखाँचीका रुद्र घिमिरे रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले पुष्टि गरेका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीको कार्यक्रमका लागि उच्च सुरक्षा अपनाउँदा अपनाउँदै पनि विरोधीहरूले कालोझण्डा देखाएका छन् ।

ओलीलाई कालोझण्डा देखाउने ती युवक देशभरि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । ओलीका शुभेच्छुकहरूले घिमिरेको आलोचना गरेका छन् ।

तर, ओलीका विरोधीहरूले घिमिरेललाई राष्ट्रिय हिरोका रुपमा प्रशंसा गरेका छन् ।

बुटवलमा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कालोझण्डा देखाउँदै रुद्रप्रसाद घिमिरे

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेल पनि उपस्थित रहेका थिए । मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षा बनाउन नसकेको भनेर आलोचना समेत भएको छ ।

ओलीको सुरक्षाका लागि दुई दिन अगाडि देखि नै बुटवलमा उच्च सुरक्षा सर्तकता अपनाइएको थियो । उच्च सुरक्षासर्तकता हुँदा हुँदै ओलीले कालोझण्डाको सामना गर्नु परेको छ ।

कालोझण्डासहित विरोध भएपछि ओली तनावमा परेका छन् । उच्च स्रोतका अनुसार शान्ति सुरक्षा बनाउन नसकेको भन्दै ओलीले असन्तुष्टि जनाएका छन् ।

Published : Saturday, 2019 April 20, 9:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया