भारतमा दुई जना नेपाली कम्युनिस्टहरू निकाला हुँदै, ओलीको दलका नेता ब्ल्याक लिस्टमा

काठमाडौं । ‘बिरालोलाई खास्टोले जति छोपेर राखे पनि मौका मिल्यो म्याउँ गर्छ’ भन्ने बुढापाकाहरूको उखानलाई नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता र समर्थकहरूले चरितार्थ गरेका छन् ।

भारतमा निर्वाचनमा नेपालको कथित राष्ट्रवादीको नाराले दुई तिहाइको बहुमत पाएको दल नेकपाका नेता शेरबहादुर तामाङले आफ्नो ‘बिरालो’ चरित्र देखाएर आलोचित बनेका छन् ।

भारतको निर्वाचनमा उम्मेदवार बनेका कम्युनिस्ट नेता कन्हैया कुमारलाई जिताउन र उनको प्रचारमा पुगेका नेपाली युवाहरूलाई तामाङले हौसला दिएका छन् । तामाङले बधाइ पनि दिएका छन् ।

प्रतिनिधि सभामा सांसद र पूर्वमन्त्री समेत रहेका नेकपाका नेता तामाङले कम्युनिस्ट नेतालाई जिताउन नानाभाँती स्टाटस र कमेन्ट लेखेर हैसियत भुलेको चर्चा भएको छ ।

नेकपाका नेता एवम् सांसद तामाङले आफ्नो पदीय मर्यादालाई भुलेर जथाभावी गतिविधि गरेकोमा भारतले चिन्ता जनाएको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीका दलका नेकपाका नेता तामाङलाई भारतले ब्ल्याक लिस्टमा राखेको चर्चा हुन थालेको छ ।

भारतले आफ्नो निर्वाचनमा कसैले पनि हस्तक्षेप नगरोस् भन्ने चाहन्छ । विशेष गरी कम्युनिस्टहरूप्रति नेपालका कम्युनिस्टहरूले देखाएको सदासयतामा भारत चिन्तित छ ।

भारतमा चलिरहेको निर्वाचनमा भारतीय जनता पार्टीको बिरोध गरेर प्रख्यात भएका कम्युनिष्ट नेता कन्हैया कुमारको प्रचारका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का निकटका विद्यार्थी नेता अशेष घिमिरे र करुणा पराजुली बिहार राज्यको बेगुसरायमा छन् ।

उनीहरूले कन्हैया कुमारको प्रचारमा भाग लिएर आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । नेपालमाथि भारतको आफ्नै खालको राजनीतिक हस्तक्षेप छ । भारतको नेपालमा आलोचना हुने गरेको छ ।

तर, नेपालका कथित राष्ट्रवादी र कम्युनिस्ट हौँ भन्नेहरूको चर्तिकलाले धेरैलाई आशंका उब्जाइदिएको छ ।

नेपाली युवाहरूले फेसबुकमा स्टाटस लेखेर ‘यहाँ प्रश्न यति मात्रै छ कि यो कुन राष्ट्रवाद हो नेकपाको ? यसले विदेशी कुटनीतिमाथि असर पर्छ कि पर्दैन ?’ भनेर प्रश्नहरू उठाएका छन् ।

यदि भोलिको दिनमा नेपालमा हुने निर्वाचनमा भारतीयहरू आएर प्रचार गरे भने के आज चुप बसेका राष्ट्रवादीहरू कथित कम्युनिस्टहरू यसै गरी चुप बस्छन् त ? भनेर प्रश्न उठेको छ ।

आफूलाई कथित राष्ट्रवादी ठान्ने अशेष घिमिरे र अरुणा पराजुलीहरूले नेपालमा भारतीय हस्तक्षेप निम्ताउन गलत क्रियाकलाप गरेको आरोप छ । उनीहरूलाई देश निकाला गर्न पनि माग शुरु भएको छ ।

उनीहरूले कुनै उदेश्य र हैसियतबाट कन्हैया कुमारको प्रचार गर्न पुगेका हुन् केही भनेका छैनन् ।

बिहारमा नेपाली युवाहरू अशेष घिमिरे र अरुण पराजुलीहरूलाई पक्राउ गरेर कानून अनुसार कारबाही गर्न दवाव परेको छ । घिमिरे र पराजुली पूर्वएमाले पृष्ठभूमि भएका विद्यार्थी नेताहरू हुन् ।

Published : Saturday, 2019 April 20, 8:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया