सर्वहारा जनताका नेता प्रचण्ड परिवारसहित रिसोर्टमा पुगे, कालिजको मासु व्यवस्था
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपरिवार रिसोर्टमा रमाइलो गर्न सिन्धुपाल्चोक जिल्लाको सुकुटे गएका छन् ।
पूर्वसहकर्मी नेत्रविमल चन्द ‘विप्लव’को नेपाल बन्दलाई बेवास्ता गर्दै प्रचण्डले सबै परिवारलाई लिएर रमाइलो गर्न बिहीबार दिउँसो सुकुटे रिसोर्टमा गएका हुन् ।
प्रचण्डले पत्नी सीता दाहाल, छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्य, नाती र नातिनीसहितलाई लगेर गएको उच्च स्रोतले जनाएको छ ।
परिवारका सदस्यहरूसहित सुकुटे पुगेका प्रचण्डले सुनकोशी नदीमा र्याफ्टिङ समेत गरेका छन् ।
प्रचण्ड अरनिको राजमार्ग हुँदै काठमाडौंबाट ७६ किलो मिटर टाढा सुनकोशी नदी बगरमा रहेको रिसोर्टमा रमाइलो गर्न पुगेका हुन् ।
प्रचण्ड बेलाबेला सुकुटे रिसोर्टमा पुगेर रमाइलो गर्दै आएका छन् । रिसोर्टमा हुने खर्च कसले गर्ने हो खुलाइदैन । यसअघिका खर्च पनि प्रचण्डले खुलाएका छैनन् । यस पटक पनि के कति खर्च हुने हो केही भनिएको छैन ।
स्रोतका अनुसार प्रचण्डको परिवारलाई सुकुटे रिसोर्टले कालिज, लुइँचे, जंगली बँदेल लगायतका मिष्ठान्न परिकार खुवाइनेछ ।
प्रचण्डको परिवारसँग नेकपाका नेता अग्नि सापकोटापनि सुकुटेमा रहेका छन् । प्रचण्ड र उनको परिवारलाई सापकोटाले नै प्रत्येक पटक सुकुटेमा स्वागत गर्ने गरेका छन् ।
एमालेसँग माओवादी पार्टीलाई मिसाएपछि पनि प्रचण्ड सुकुटेमा जाने गरेका छन् ।

एक हप्ता अगाडि प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग चन्द्रागिरी रिसोर्टमा बसेका प्रचण्ड बिहीबार एकाएक आरामका लागि भन्दै सुकुटे पुगेका हुन् ।
दुई दिन अगाडि पनि प्रचण्डले पत्नीलाई चितवनको सौराह घुमाएर ल्याएका थिए । सौराहको राप्ती नदी किनारमा रहेको होटेलमा बसेर प्रचण्ड, पत्नी सीता, छोरीहरू रेणु दाहाल र गंगा दाहालसँग रमाइलो गरेका थिए ।
प्रचण्डले पत्नी सीतालाई बेलाबेला विभिन्न रमणीयस्थलहरूको भ्रमण गराउँदै आएका छन् ।
बिरामी रहेकी सीता दाहाललाई एक महिना अगाडि अमेरिकामा उपचार गराएर प्रचण्डले ल्याएका थिए । सीतालाई हिँडडुल गर्न पनि साहाराको आवश्यक्ता पर्छ । सीता दाहाल विभिन्न रोगबाट पीडित छिन् ।
आफूलाई सर्वहारा पार्टीका नेता भन्न रुचाउन प्रचण्डले बिलासी जीवन बिताउने गरेको भनेर आलोचना हुँदै आएको छ । आलोचनाहरूलाई प्रचण्डले बेवास्ता गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत