पत्रकारले कमल चलाए ओली सरकार संकटमा पर्छः देउवा
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारले कलम चलाए खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार संकटमा पर्न चेतावनी दिएका छन् ।
बुधबार धनगढीमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मगर संघको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ओली सरकारविरुद्ध पत्रकारहरूले लेख्न थाले भने सरकार नै ढल्ने धम्की दिका हुन् ।
‘ढुङ्गा, गुलेली र लौरोको भन्दा कलममा धेरै गुणा ताकत हुन्छ’, उनले भने, ‘यसमा सरकार प्रष्ट भए हुन्छ साँच्चिकै पत्रकारले कलम चलाए सरकार घुडा टेक्न बाध्य हुन्छ ।’
‘प्रेसमाथिको आक्रमण लोकतन्त्र माथिको आक्रमण हो, नेपाली कांग्रेस प्रेसमाथिको आक्रमण सहन्न’, उनले भने । देउवाले अहिले पत्रकारमाथि भइरहेको ज्यादती लोकतन्त्रमाथिको प्रहार रहेको बताए । सभापति देउवाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताए ।
उनले भने, ‘ओली सरकार शान्ति सुरक्षा, सुशासन जस्ता कुरामा असफल भएको छ ।’
कञ्चनपुरकी निर्मला पन्त हत्याको प्रसङ्ग उल्लेख गर्दै सभापति देउवाले भने, ‘ओली सरकारले बलात्कारीलाई बचाउने काम गरेको छ, यस्तो सरकारबाट जनताले के अपेक्षा गर्छन् ?’
देउवाले ओली सरकारले एक वर्षमा भ्रष्टाचार र कर बढाएको आरोप लगाए । सभापति देउवाले नेपालको जनसंख्याको सात प्रतिशत भन्दा बढी जनसंख्या मगरको रहेकाले पार्टीको आगामी महाअधिवेशनमा मगर प्रतिनिधित्व सुनिश्चित गर्ने आश्वासन समेत दिए ।
उनले नेपालका हरेक आन्दोलनमा मगर समुदायको ठूलो योगदान रहेको समेत बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद र रमेश लेखकले पनि वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताउँदै जनतालाई सुसूचित गर्न कांग्रेसले चाँडै जनजागरण अभियान शुरु गर्न लागेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत