ओलीका सल्लाहकारको जवाफले माधव नेपाललाई तनाव

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको कामकारबाहीबाट विपक्षी दलहरू आत्तिएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले सरकारले एकपछि अर्को गर्दै राम्रा काम गरेको बताए । ‘सरकारले दिन दिनै राम्रा काम गरेको छ । कांग्रेससहितका विपक्षी दलहरूलाई सैह्य भएको छैन’, उनले भने, ‘सरकारविरुद्ध आन्दोलन गर्छुभन्नु उचित होइन ।’

सरकारले गरेका कामबाट जनता खुसी भएको प्रमुख राजनीतिक सल्लाहकार रिमालले बताए । ‘जनताको मत पाएर आएको सरकारले गरेका कामहरू राम्रा छन्’, उनले भने, ‘बजेट आउँदै छ । वृद्ध भत्ता बढ्छ । अरु पनि राम्रा कार्यक्रम आउँछन् ।’ सरकारले बनाएको एकवर्षको जगमा रहेर नयाँ बजेटमा कार्यक्रम आउने उनले बताए ।

नेकपाको पार्टी समायोजनको कुरा पनि सम्पन्न हुने उनले बताए । ‘वैशाख ९ गते पार्टी स्थापना दिवस छ । त्यसभन्दा अगाडि केन्द्रीय सचिवालय बैठक बस्छ’, ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘एमाले र माओवादी केन्द्रबीच समायोजन हुन बाँकी कुरा सबै टुंगिन्छ ।’

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी समायोजनमा देखाएको विवादका विषयमा रिमालले आक्रोश व्यक्त गरे । ‘माधवकुमार नेपाल शीर्ष नेता हो । उहाँले माग राख्ने होइन । माग त हामीले हो राख्ने’, उनले भने, ‘माधव नेपालजीहरूको कुनै समस्या रहेछ भने छिटै बस्ने केन्द्रीय सचिवालयले कुरा मिलाउला ।’ नेता नेपाललाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको जथाभावी आलोचना नगर्न सल्लाह दिएका छन् ।

रिमालले देशबाट भ्रष्टाचार उन्मुलन हुने अवस्थामा रहेको दाबी गरे । ‘केपी ओलीले सरकारको नेतृत्व सम्हालेपछि भ्रष्टाचार धेरै घटेको छ’, उनले भने, ‘धेरैलाई कारबाही पनि भएको छ ।’

Published : Monday, 2019 April 15, 4:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया