विष्णु पौडेललाई भतिजाले पत्र लेखेरै नङग्याइदिए
झापा । बालुवाटारको सरकारी जग्गा छोराको नाममा पास गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आफ्नै भतिजाले राजीनामा दिन सल्लाह दिएका छन् ।
महासचिव पौडेलको भतिजा भीष्मराज पौडेलले झापा जिल्लाबाट मार्मिक पत्र लेखेर राजीनामा दिन आग्रह गरेका हुन् ।
बालुवाटारको ८ आना सरकारी जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा पास गरेपछि विवादमा मुछिएका नेकपाका महासचिव पौडेल सबैतिर आलोचित बन्दै गएका छन् ।
आलोचित बनिरहेका बेला नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा दिन सुझावसहितको खुल्ला पत्र भतिज भीष्मराज पौडेलले पठाएका हुन् ।
000
कमरेड महासचिव, लाल सलाम !
तथा श्रद्देय काका सेवा ढोग !
खासै लेखनीय सामाग्री त केही थिएन यद्यपि, यहाँको समाचार भाइरल भइरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड वर्गीय मुक्तिको लागि लडेका तपाईको इतिहाँस आज उड्न बाँकी रहेको खरानी जस्तो भएको महशुस भएको छ ।
मलाई, बुटवलको माटो र जनताले सम्मान गरेको भुलेर बालुवाटार नै किन्ने यहाँको अक्षम्य दुस्साहसको कालो झण्डाले सम्मान गर्दछु । काकाजी हजुरबुबाको अंशनै काफी हुँदाहुँदै उल्फाको धनले यहाँको राजनैतिक, सामाजिक सबै क्षेत्र तहसनहस भएको छ ।
साथै त्यो ८ आना जग्गा किन्न हुँदैन भन्ने तपाई जत्तिको मान्छेलाई पक्का थाहा हुनु पर्ने हो । २–३ कै महासचिव भएको हुँदा छानविन होला नहोला त्यो अर्कै कुरो हो । तर, म जस्ता, (नेताको मलद्वारलाई हरिद्वार नमान्ने) कार्यकर्ताको आन्तरिक (लाटो) छानविनले यो काण्ड सरासर तपाईको सम्पत्ति मोहको पराकाष्ट बाहेक केही होइन भन्ने बुझेको छु ।
रुपन्देहीबाट संसद भवन पहिलो पटक छिर्दा लगभग हराउने मान्छे आज कसरी बालुवाटार नै किन्न सक्छ ? उत्तर छ, कसैसँग ? मेरो यो पत्रले गोकुल बास्कोटा एण्ड कम्पनीलाई तनाव त होला । १–२ ठाउँ कारबाहीको कुरा नि गर्लान् यद्यपि, पार्टी हामी जस्ता तलका मान्छेको पनि योगदानले बनेको हुँदा, पार्टीलाई माटोमा मिलाउनबाट जोगाउन र हाम्रो कुललाई कलंकित हुनबाट बचाउन महासचिव पदबाट राजीनामा गरी यो काण्डको सहज अवतरण गराइदिनु हुन सादर अनुरोध छ ।
क्रान्तिकारी अभिवादनसहित ।
उही भतिज
भीष्मराज पौडेल
मिति२०७५–१२–२९
संगठित सदस्य, नेकपा, झापा
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत