शक्ति आर्जन गरेर कांग्रेसले कम्युनिस्टसँग भिड्नु छः डा.शशांक कोइराला
बनेपा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपालमा अहिले पानीजहाज चलाउनभन्दा सार्वजानिक यातायातलाई बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस बनेपा नगर समितिले आइतबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले अहिले सरकार जनताका अत्यावश्यक काम गर्नेभन्दा ठूला–ठूला सपना बाड्न लागेको बताए ।
‘नेपाली नागरिक अहिले सर्वजानिक यातायातमा सुधार खोजीरहेका छन् । प्रधानमन्त्री रेल र पानीजहाजको सपना बाँडिरहनुभएको छ’, उनले भने, ‘सरकारले कामभन्दा बढी गफ गर्न लागेको छ । यो राम्रो होइन ।’
डा.कोइरालाले प्रधानमन्त्री खड्गप्रसाद ओली जनताका आवश्यकता पूरा गर्नेभन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको बताए ।
‘आम नेपाली सहज दैनिक जीवनयापनको बाटो खोजीरहेका छन्’, उनले भने, ‘प्रधानमन्त्री ओली न्यायालय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हात माथि पार्ने बाटोको खोजीमा हुनुहुन्छ ।’ उनले ओली सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको बताए ।
‘यो सरकारबाट सुशासन र विधिको शासनको कल्पना गर्न सकिदैन’, उनले भने ।
महामन्त्री डा.कोइरालाले सरकारका गतिविधी हेर्दा कांग्रेस आफ्नो शक्ति आर्जन गर्न ढिलो गर्न लागेको आफूलाई आभास भएको बताए ।
कांग्रेसले शक्ति आर्जनका लागि पहिले आफूबीचमा एकता गर्नुपर्ने उनले बताए । डा.कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेको समेत स्पष्ट पारेका छन् ।
‘कम्युनिस्टको दुईतिहाईको सरकार छ । यो दुईतिहाईको सरकार अझै शक्ति आर्जन गरेर अधिनायकवादी बन्ने बाटोमा छ’, उनले भने, ‘यस्तो अवस्थामा कांग्रेसपनि आफ्नो शक्ति आर्जन गर्ने बाटोमा लाग्नु जरुरी छ ।’
‘कांग्रेसले शक्ति आर्जन गर्ने भनेको आफूबीचमा भावनात्मक रुपमा एक हुने हो’, डा.कोइरालाले भने, ‘कांग्रेस एक भएमा कसैको केही लाग्नेछैन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत