बालुवाटार कब्जा गर्ने विष्णु पौडेललाई नेविसंघले चन्दा उठाएर क्षतिपूर्ति दिने

बनेपा । नेपाल विद्यार्थी संघले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई क्षतिपूर्ति दिन एक रुपियाँ अभियान चलाएको गरेको छ ।

बालुवाटारको सरकारी जग्गा छोरा नवीन पौडेलको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग गर्दै नेविसंघ काभ्रेले शनिबार एक रुपियाँ सहयोग अभियान गरेको हो ।

बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई क्षतिपूर्ति स्वरुप १ रुपियाँ सहयोग संकलन कार्यक्रम लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान शुरु गरेको छ ।

शनिबार ६ सय ७३ रुपियाँ संकलन भएको नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् ।

नेविसंघ काभ्रे सभापति निर्पेश बादेको नेतृत्वमा चारदोबाटो बजारमा एक रुपियाँका दरले बटुवासँग रकम संकलन गरिएको छ ।

संकलित रकम पौडेललाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउँदा पौडेल ठगिएको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएपछि नेविसंघले क्षतिपूर्ति दिन एक रुपियाँ अभियान चलाएको छ ।

जग्गा नक्कली परेको र महासचिव पौडेल ठगिएको प्रवक्ता बाँस्कोटाले बताएका थिए ।

Published : Saturday, 2019 April 13, 10:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया