यी हुन सिपाहीको गास खाने एआईजी
काठमाडौं । सशस्त्र प्रहरीबल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका एआईजी रामशरण पौडेलले सिपाहीको गास कटाएर भ्रष्टाचार गरेको भन्दै पीडितले उजुरी दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा एक दर्जन बढी प्रहरी जवानहरूले एआईजी पौडेलविरुद्ध उजुरी हालेका हुन् ।
पत्रकारहरूलाई उपलब्ध गराइएको उजुरीको प्रतिलिपिमा आइतबार पासआउट भएका जवानहरूबाट प्रतिव्यक्ति दश हजार असुलेको उल्लेख छ ।
एआईजी पौडेललाई कारबाही गर्न गृहमन्त्री रामबहादुर थापासम्म मौखिक उजुरी पुगेको छ ।
पास आउटका दिन आमन्त्रित भएका पाहुनालाई खान खुवाउने बहानामा उक्त रकम असुलिएको थियो । सशस्त्र प्रहरी नियमावलीमा यसरी कुनै पनि बहानामा रकम असुल्न पाइँदैन ।
आइतबारको कार्यक्रमको लागि १ सय ४४ जना जवानहरूबाट प्रतिव्यक्ति दश हजारका दरले १४ लाख ४० हजार रुपियाँ असुलिएको पीडित जवानहरूले बताएका छन् ।
तर, प्रतिष्ठानका डिआईजी ईन्द्रभक्त प्रजापतिले भने उक्त दिन आफू बिदामा रहेकाले रकम उठाएको विषयमा जानकार नभएको बताएका छन् ।
सशस्त्र प्रहरीभित्र बेलाबेला भ्रष्टाचारका काण्ड हुने गरेका छन् । भ्रष्टाचार काण्ड लुकाउन केही समय अगाडि पनि सशस्त्र प्रहरीको मुख्यालयभित्र लेखा शाखामा आगो लगाइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत