बालुवाटारको जग्गा किन्ने विष्णु पौडेललाई कम्युनिस्ट सरकारले क्षतिपूर्ति दिने
काठमाडौं । कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेकपाका महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बचाउ गरेका छन् ।
बिहीबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले महासचिव विष्णु पौडेललाई बालुवाटारको सरकारी जग्गा खरिदमा झुक्काएर फसाएको दाबी गरे । उनले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा किनबेचमा पीडित बनेकाहरूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।
सरकारले यसअघि नै बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचमा रोक लगाइसकेको उनले बताए । ‘नक्कली कागजात खडा गरेर जग्गा बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याइनेछ’, मन्त्री बास्कोटाले बताएका छन् ।
मन्त्री बास्कोटाले जग्गा किनबेचबारे छानबिन गर्न बनेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसअनुसार त्यहाँको जग्गा यसअघि नै सरकारले किनबेचमा रोक्का लगाइसकेको बताए ।
नक्कली कागजातका आधारमा झुक्याएर जग्गा बेच्नेलाई कारबाहीको दायरामा ल्याएर त्यसबाट पीडित बनेकालाई क्षतिपूर्ति भराउने कम्युनिस्ट सरकारका प्रवक्ता बास्कोटाले बताए ।
जग्गा किनबेचमा नेकपाका महासचिव विष्णु पौडेलको पनि नाम जोडिएको छ नि ? भन्ने प्रश्नको जवाफमा मन्त्री बास्कोटाले भने, ‘उहाँ (विष्णु पौडेल) जग्गा किनेर ठगीमा पर्नुभएको छ ।’
कसैले झुक्याएर जग्गा बेचेकाले विष्णु पौडेलले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता बास्कोटाले बताएका छन् ।
‘उहाँ आफै फर्जी काममा संलग्न हुनुभएको होइन । कसैको जग्गा किनेको भनिसक्नुभएकाले उहाँ आफै ठगीमा पर्नुभएको हो’, उनले भने ।
मन्त्री बास्कोटाले भने, ‘उहाँले किनेको जग्गा नक्कली परेछ, ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन, उहाँले त क्षतिपूर्ति पाउनुपर्छ ।’
त्यहाँको जग्गा अन्य सर्वसाधारण व्यक्तिहरुले पनि किनेको र उनीहरू पनि ठगीमा परेको मन्त्री बास्कोटाले बताए ।
‘सत्तारुढ दलका महासचिव हुँदैमा यदि फर्जी काममा विष्णु पौडेल रहेको फेला परे उहाँ पनि कारबाहीको दायरामा पर्नुहुन्छ’, बास्कोटाले भने, ‘यसमा सत्तारुढ प्रतिपक्षी जो सुकै होस् कोही कसैले उन्मुक्ति पाउँदैन ।’
सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएकाले यसमा कुनै पनि बहानामा कसैलाई छुट नदिने उनले बताए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा भूमाफियाहरूसँग पूर्वमन्त्री एवम् नेकपाका महासचिव पौडेलसहितका उच्च व्यक्तिहरूले खरिद गरेका छन् ।
सरकारी जग्गा खरिद गरेको रहस्य बाहिर आएपछि नेकपाका महासचिव पौडेलले आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । कम्युनिस्ट सरकारले पनि महासचिव पौडेललाई बचाउन भरपूर तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत