कांग्रेसमा फोरमलाई मिसाउने प्रक्रिया बल्ल शुरु

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले २५ हजार क्रियाशील सदस्य, महाविधेशन प्रतिनिधि र महासमिति सदस्यहरूको नामावली बुझाएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठकमा गच्छदारले समितिका संयोजक एवम् उपसभापति विमलेन्द्र निधिलाई नामावली बुझाएका हुन् ।

‘पार्टी उपसभापति एवम् तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यहरूका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको नामावलीसहितको विवरण पार्टी उपसभापति एवम् समायोजन समितिका संयोजक विमलेन्द्र निधिलाई हस्तान्तरण गर्नुभयो’, कांग्रेस मुख्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २० गतेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भ्रातृ संघ एवम् शुभेच्छुक संस्थाको समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक पार्टी उपसभापति एवम् समायोजन समितिका संयोजक निधिको संयोजकत्वमा बनेको थियो । सो समितिको बैठकले आफ्नो काम शुरु गरेको छ ।

निर्वाचन अगाडि फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समायोजन भएको थियो । समायोजन भएपछि गच्छदार बाहेक कुनै पनि नेता र कार्यकर्तालाई कांग्रेसमा उचित स्थान दिएएको छैन ।

उपसभापति निधि नेतृत्वको समितिले गृहकार्य गरेर सभापति शेरबहादुर देउवालाई आफ्नो सुझावसहितको प्रतिवेदन बुझाउनेछ । सोही सुझावअनुसार फोरम लोकतान्त्रिकलाई कांग्रेसमा उचित स्थान दिइनेछ ।

Published : Thursday, 2019 April 11, 7:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया