कम्युनिस्ट सरकार उत्तानो परेर सुतेको छः रामहरि खविडा

भकुण्डेबेसी । नेपाली कांग्रेसको युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसको नेतृत्वमा कसैले गर्न नसकेको कामहरू भएको बताएका छन् ।

काभ्रेको क्षेत्र नं. १ ले बुधबार भकुण्डेवेशीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसको नेतृत्वमा देशमा ठूला ठूला परिवर्तनदेखि राणशासन र राजाको अन्त्य भएको बताएका हुन् ।

‘चाहे राणा शासनमा भन्नुहोस्, चाहे राजाको अन्त्य भन्नुहोस्, चाहे माओवादीको १२ वर्षे सशस्त्र युद्ध भन्नुस् । माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याएको छ’, उनले भने, ‘हिजोसम्म बहुदल नमान्ने एमालेहरू आज पार्टी बिलय गरेर कम्यनिस्ट पार्टीको रुपमा आउनु परेको छ । त्यो कांग्रेसकै कारणले भएको छ ।’

उनले भन, ‘यदि शेरबहादुर देउवा हाम्रो नेता हुनुहुन्न थियो भने स्थानीय तह, संघ र केन्द्रको चुनाव हुँदैन थियो । यो चुनाव नभएको भए खड्गप्रसाद ओली आज कुर्लिन पाउनु हुन्न थियो ।’

‘त्यसैले हामीले गर्दा ओलीजी कुर्लिने ठाउँमा हुनुहुन्छ । आज तपाईहरूलाई अनुरोध गर्न चाहन्छु । दुइटा पार्टीहरू हिजो बहुदलीय व्यवस्था स्वीकार नगर्नेहरू संसदीय व्यवस्था नस्वीकार्ने पार्टीहरू । जनताको अभिमत नस्वीकार्ने पार्टीहरू एक भएर कांग्रेसलाई पछार्न आज तयार हुनुभयो’, कांग्रेसका युवा नेता खतिवडाले भने, ‘तर, हामीले देख्यौँ केपी ओली प्रधानमन्त्री भइसकेपछि नेपाली जनताले धेरै ठूलो अपेक्षा गरेका थिए । देशले कोल्टो फेर्छ भनेर प्रचार गरियो । तर, आज कम्युनिस्ट पार्टीको सरकार कोल्टो फेरेर उत्तानो परेर सुतेर बसेको छ ।’

उनले भनेका छन्, ‘जनताको नजरमा ओली सरकारर्लाइ तपाईहरू आफैले देख्नुभएको छ । हामीले देख्यौँ हिजो सिण्डिकेट अन्त्य गर्छु भन्नेहरू सिण्डिकेट मात्रै होइन सुन व्यापारीलाई कारबाही गर्छु भन्नेहरू, ठूला माछा समात्छु भन्नेहरू ठेकेदारहरूलाई कारबाही गर्छु भन्नेहरू एउटा मार्सी चामलको भातमा आफ्ना ठेकदारलाई घरमा राखेर देशमा अराजकता सिर्जना गर्न पुगेका छन् ।’

कांग्रेसका नेता खतिवडाले केपी ओलीले पानीजहाज र रेलको कुरा प्रधानमन्त्री हुनुभन्दा पहिलादेखि गरेर आएको भन्दै त्यसलाई साकार पार्न असफ भइरहेको बताए । ‘यसै बीचमा उहाँले लगानी सम्मेलन गर्नुभयो । लगानी सम्मेलन गर्दा धेरै देशका मान्छेहरू आए’, उनले भने, ‘हामीले अपेक्षा गरेका थियौँ सम्माननीय प्रधानमन्त्रीले गरेको कुरा पानीजहाज । रेलको कुरामा विदेशमा आउने धेरै मान्छेहरूले केपी ओलीको बोलीलाई कहिँ न कहिँ सुनिदेलान् भनेका थियौँ ।’

नेता खतिवडाले भने, ‘आज हाम्रो प्रधानमन्त्रीले नेपाली जनतालाई सधैँ उखान टुक्काका भरमा झुक्काएर राख्नु भएको थियो । विदेशीले पनि भने यो प्रधानमन्त्रीको बोलीमा ठेगान छैन । त्यसैले यो पानीजहाज र रेलमा केही गर्न सक्दैनौँ भने ।’

‘लगानी सम्मेलनमा समेत प्रधानमन्त्रीको बोलीलाई हावामा उडाए विदेशीले । यो कुरा नेपालीले बुझ्न जरुरी छ’, उनले भने, ‘लगानी सम्मेलन भरखरै भयो । नेपाली जनताले मात्रै होइन विश्व समुदायले पनि ओलीलाई पत्ताएनन् ।’

कांग्रेसका युवा नेता खतिवडाले प्रधानमन्त्रीको कार्यालयलाई पार्टी प्यालेस बनाएको भन्दै आक्रोश जनाए । ‘केपी ओलीको सरकारी निवास पार्टी प्यालेस बनेको छ’, उनले भने, ‘कुन भुपु प्रधानमनत्रीको जन्मनिदमा के खुवाउने ? कुन उपप्रधानमन्त्रीको जन्मदिनमा के खुवाउने प्रधानमन्त्रीलाई फुर्सद छ । केक खुवाउनेभन्दा उहाँलाई केही फर्सद छैन ।’

प्रधानमन्त्री जनताको काममा लात्याइरहेको उनले बताए । ‘यो अवस्थामा नेपाली कांग्रेस दोस्रो पार्टी भयो होला । हामीले चुनाव हार्‍यौँ होला । चुनाव हारेपनि हाम्रो सिद्धान्त हारेको छैन । हाम्रो मूल्य मान्यता र आदर्श हारेको छैन’, कांग्रेसका युवा नेता खतिवडाले भने, ‘हामीले बहुदल नमान्नेलाई बहुदलवादी बनायौँ ।’

‘गणतन्त्रको कुरा गर्दा केपी ओलीले भनेका थिए । बयलगाढा चढेर अमेरिका पुगिदैन’, खतिवडाले भने, ‘प्रधानमन्त्रीजी हामीले ल्याएको संविधानअनुसार तपाई प्रधानमन्त्री बन्नुभएको छ । बलयगाढामा चढेर अमेरिका पुगिदो रहेछ कि रहनेछ भन्ने कुरा आज थाहा पाउनु भयो ?’

कांग्रेसले जनताको पक्षमा गरेका धेरै राम्रा कार्यक्रमहरू ओली प्रनधामन्त्री भएपछि कटौती गरिदिएको उनले बताए । ‘हामीले हिजो ६५ वर्ष पुगेका नागरिकलाई दुई हजार दिन्छु भनेर निर्णय गर्नुभयो शेरबहादुर देउवाको पालामा । त्यति मात्रै होइन स्पाइनल इन्जुरी र क्यान्सर पीडितलाई महिनाको पाँच हजार दिने भनेर हामीले निर्णय गर्‍यौँ’, उनले भने, ‘जनतालाई दुई हजार दिन नसक्ने । गम्भीर रोगका बिरामीलाई पाँच हजार दिन नसक्ने केपी ओलीले रेल र पानीजहाजको कुराले सपना बाँडेर मात्रै हुँदैन ।’

कांग्रेसका नेता खतिवडाले नेपाली कांग्रेस राष्ट्रवादी पार्टी भएको पनि बताए । ‘राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरू विदेशीहरूको फोटो बोकेर मञ्चमा लेनिन र माक्र्सको फोटोमा माल्यार्णपन गरेर कार्यक्रम गर्छन् । हामी हाम्रा नेता वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाको फोटोमा माल्यार्णपण गरेर कार्यक्रम ग¥यौँ । हामी अराष्ट्रियवादी । विदेशीका दाह्री भएको फोटो बोकेर विदेशीका नाममा पार्टी खोल्नेहरू राष्ट्रवादी की हामी राष्ट्रवादी ?’

Published : Wednesday, 2019 April 10, 11:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया