कांग्रेसका कोषाध्यक्षहरूको सम्मेलन पोखरामा
पोखरा । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
पोखरामा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिले तयारी पूरा भएको जनाएको हो ।
चैत २८ गते पोखरा सभागृहमा उदघाटन कार्यक्रम हुनेछ । उद्घाटनसत्रलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
कांग्रेसलाई चलायमान र सुदृढीकरण बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए ।
सम्मेलनले कांग्रेसलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उनले बताए ।
सम्मेलनले विदेश पलायन युवाहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत् अघि बढाउन पार्टीलाई दबाब दिनेछ ।
कोषाध्यक्षहरूको सम्मेलनले कम्युनिस्ट सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र नम्बर २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाब दिनेछ ।
Published : Tuesday, 2019 April 9, 6:40 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत