वैशाख पहिलो हप्तादेखि ओली जाने हरेक ठाउँमा बन्द घोषणा

काठमाठौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई तिहाइको कम्युनिस्ट सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीका सबै कार्यक्रमलाई प्रभावित बनाउने गरेर विप्लवको नेकपाले आन्दोलन घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवको नेकपाले वैशाख ५ गते नेपाल बन्दको आह्वान पनि गरेको छ । सोमबार महासचिव विप्लवद्वारा जारी विज्ञप्ति अनुसार नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरू घोषणा गरिएका छन् ।

महासचिव विप्लवले शुरुमै प्रधानमन्त्री ओलीलाई नेपाली जनक्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि भनेर उल्लेख गरेका छन् ।

‘ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवम् श्रमजीवी जनताको प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवम् जनसेवाका कार्यक्रममाथि गत फागुन २८ गते राति अंकुश लगाउने काम भएको छ’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ ।’

विप्लवले भनेका छन्, ‘जसको परिणाम कपिलवस्तु शिवपुर निवासी दुर्गाबहादुर रोकाको राति ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चन्द्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते बनाइयो ।’

‘त्यसमा पुष्पकमल दाहाल पनि सति गएका छन् । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालिकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्रघात, जनघात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ’, विज्ञप्तिमा भनिएको छ ।

ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी भनेका छन् ।

विप्लवले चैत २६ — २९ गतेसम्म प्रतिवन्धविरुद्ध पर्चा वितरण र भण्डाफोरको कार्यक्रम राखेका छन् ।

वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस, वैशाख ५ गते नेपाल बन्द र वैशाख ६ गतेबाट प्रधानमन्त्री खड्गप्रसाद ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरूमा बन्दको आयोजना गरी सामाजिक दलालहरूलाई प्रतिबन्धित गर्ने भन्ने कार्यक्रमहरू विप्लवको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको छ ।

Published : Tuesday, 2019 April 9, 8:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया