शेरबहादुर देउवाको जिल्लामा कांग्रेस निकटका उम्मेदवारहरूले देखाए कमाल
डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा नेपाली कांग्रेस निकटका लोकराज भट्ट निर्वाचित भएका छन् ।
लोकराज भट्टले सत्तारुढ नेकपाको तर्फबाट अध्यक्षका उम्मेदवार भोजराज भट्टलाई पराजित गरेका हुन् । लोकराजसँग भोजराज ११ मतले पराजित भएका हुन् ।
लोकराजले कुल मतमध्ये पाँच सय १० प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी भोजराजले जम्मा ४ सय ९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
डडेल्धुरा उद्योग वाणिज्य संघका साथै सुदूरपश्चिम उद्योग वाणिज्य संघको समेत नेतृत्व गरिसकेका लोकराज भट्टलाई नेपाली कांग्रेस डडेल्धुराका नेताहरूले साझा उम्मेदवारका रुपमा अघि सारेका थिए ।
निवर्तमान अध्यक्ष खेमराज पनेरुसमेतको सहयोग र समर्थनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अघि सारिएका अध्यक्ष पदका प्रत्यासी भोजराज भट्टले अपेक्षा भन्दा बढी मत पाएका थिए । तर, उनी नेपाली कांग्रेस निकटका उम्मेदवारसँग पराजित भए ।
उद्योगी व्यवसायीहरुमा कांग्रेसको वर्चश्व रहेपनि उद्योग वाणिज्य संघ डडेल्धुराकै इतिहासमा पहिलो पटक नेपाली कांग्रेस डडेल्धुराले अघि सारेका उम्मेदवारले नेतृत्व हासिल गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सबैलाई बधाइ दिएका छन । डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो । कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएपछि देउवा खुसी भएका छन् । उनले पनि विजयी भएकाहरूलाई बधाइ दिएका छन् ।
अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका उद्योग वाणिज्य संघ डडेल्धुराका पूर्वअध्यक्ष लोकराज भट्टले सुदूरपश्चिम उद्योग वाणिज्य संघको नेतृत्व समेत गरिसकेका छन् ।
व्यपारीक क्षेत्रमा २०४९ सालदेखि आफ्नो बुवासँगै लागेका लोकराज भट्टको अहिले ३ वटा पसल रहेका छन् ।
अजयमेरु गाँउपालिकाको वडा नम्बर १ र २ मा किराना पसल सञ्चालन गरीरहेका उनको डडेल्धुरा सदरमुकामको तुफानडाडामा कल्पना ब्रर्दस नाम गरेको पसल छ ।
व्यापारसँगै यातायात क्षेत्रमा आवद्ध भट्ट विकास निमार्ण क्षेत्रमा पनि लागेका छन् ।
२०६० सालमा डडेल्धुरा उद्योग वाणिज्य संघमा आवद्ध भएका उनले २०६० मा उपाध्यक्ष हुदै २०६३ सालमा अध्यक्षको कार्यभार सम्हालेका थिए ।
२०६७ मा उद्योग वाणिज्य संघको क्षेत्रीय अध्यक्ष भएका उनले २०७२ सालमा भएको निर्वाचनमा व्यहोर्नु पर्यो ।
उनी त्यतिबेला जिल्ला अध्यक्षमा उम्मेदवार बनेका थिए । अहिले नेपाली कांग्रेस निकटस्थ व्यवसायी लोकराज भट्टलाई नेपाली कांग्रेस डडेल्धुराका सबै नेताहरूले सहयोग गर्ने प्रतिबद्धतासहित साझा उम्मेदवार बनाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत