विशेष महाधिवेशन भयो भने कांग्रेस दुई फ्याक हुन्छः डा.शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले विशेष महाविधेशन भयो भने पार्टी दुई फ्याक हुनेभन्दै चिन्ता जनाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री डा.कोइरालाले विशेष महाधिवेशनको अवस्था आउन दिन नहुने बताए ।
‘कांग्रेसको हित सबैले चाहनुपर्छ । विशेष महाविधेशन आउने अवस्था सिर्जना गर्नु हुँदैन’, उनले भनेका छन्, ‘केही समस्या छ भने मिलाउनुपर्छ । सभापतिजी र हामी सबै मिलेर विवाद मिलाउनुपर्छ ।’ विशेष महाधिवेशन हुने अवस्था आयो भने कांग्रेस पार्टी विभाजन हुने उनको भनाइ थियो ।
केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरू तलैबाट आउने विषय नराम्रो नरहेको उनले बताए । ‘महासमिति बैठकमा धेरैले तलैबाट आउनुपर्छ भनेका हुन् । यो राम्रो सोँच हो । तलसम्म पहुँच हुन्छ’, महामन्त्री डा.कोइरालाले भने, ‘तलैबाट आउन सक्दैन भने नेता हुनै सक्दैन ।’
तपाई सभापति शेरबहादुर देउवाविरोध हो रे नि ? भन्ने प्रश्नको जवाफमा महामन्त्री डा.कोइरालाले भने, ‘म देउवाको विरोधी होइन । विरोध कहिले पनि गरेको छैन । मलाई पनि काम गर्न उहाँले कहिल्यै पनि हस्तक्षेप गर्नुभएको छैन ।’
अबको सभापति को हो भन्ने प्रश्नको जवाफमा डा.कोइरालाले भने, ‘सम्मानपूर्वक उहाँ (शेरबहादुर देउवा)ले छाड्नु पर्छ । तर, छाड्नु हुन्न उहाँले । नयाँ नेतृत्व आउनुपर्छ भन्ने मेरो मान्यता छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका जिल्ला सभापतिहरूको गुटको भेलालाई उनले बचाउ गरे । ‘बैठक बस्नु त राम्रो हो । बैठकले के बिगारेको छ र ?’
महामन्त्री डा.कोइरालाले देशमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए । ‘मैले धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेको छु । हिन्दू धर्मको एजेण्डा मैले बोकेको होइन’, उनले भने, ‘केपी ओलीले होली वाइन खाँदा कसैले केही नभन्ने मैले धार्मिक स्वतन्त्रताको कुरा गर्दा किन ओलोचना हुन्छ ?
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत