यी विवादास्पद व्यापारीले रामचन्द्रलाई विवादामा तान्दै, कांग्रेस सिध्याउन सक्रिय
काठमाडौं । विवादास्पद व्यापारी राजेन्द्र बजगाइँले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर आफूलाई संरक्षण गर्न आग्रह गरेका छन् ।
काठमाडौंको बोहराटारस्थित निवासमा पुगेर व्यापारी बजगाइँले बिहीबार बिहान पौडेललाई भेटेको उच्च स्रोतले जनाएको छ । पौडेलसँग एक्लै भेटेका विवादास्पद व्यापारी बजगाइँले कांग्रेस सभापति शेरबहादुर देउवाले अनुशासन समितिमार्फत स्पष्टीकरण सोधेर आफूलाई कारबाही गर्न सक्नेबारेमा चिन्ता जनाएका थिए ।
बजगाइँले पौडेललाई सहयोग गर्ने आश्वासन दिँदै सभापति शेरबहादुर देउवाबाट बचाइदिन आग्रह गरेका थिए । जवाफमा पौडेलले अहिले नै केही भन्न नसक्ने तर बिचार गर्ने भनेर बजगाइँलाई पठाइदिएका छन् । बजगाइँलाई वरिष्ठ नेता पौडेलले भेट्न मानेका थिएनन् ।
कांग्रेसका केही बिचौलियाहरूले पौडेललाई कन्भिन्स गरेर बजगाइँसँग भेट्ने वातावरण मिलाइदिएको स्रोतको भनाइ छ । विवादास्पद व्यापारी बजागाइँलाई भेटेपछि पौडेलको आफ्नै गुटले असन्तुष्टि जनाएको छ ।
‘शेरबहादुर देउवासँग बसेर भने जस्तो नभएपछि देउवाकै चरित्र हत्या गर्दै कांग्रेसको बदनाम गर्ने यस्ता व्यक्तिलाई रामचन्द्र दाईले भेट्नु हुँदैन थियो’, नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘देउवाको चरित्र हत्या गर्ने बजगाइँले रामचन्द्र दाईको चरित्र हत्या गर्दैन भन्ने के ग्यारेन्टी छ ?’
वरिष्ठ नेता पौडेललाई भेटेपछि बजगाइँले ‘मलाई रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र डा.मीनेन्द्र रिजालको साथ छ, देउवाले केही गर्न सक्दैनन्’ भनेर आफू निकटकालाई बताउँदै हिँड्ने गरेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई स्वयंलाई कारबाहीको माग गर्दै पार्टी मुख्यालय सानेपामा उजुरी दर्ता गराएका व्यापारी बजगाइँको आलोचना भएको थियो ।
सभापति देउवाविरुद्ध उजुरी दर्ता गराउनु अगाडि विवादास्पद व्यापारी बजगाइँले बालुवाटारको एक होटेलमा कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालसँग भेट गरेर योजना बनाएका थिए । देउवा गुटबाट उदाएका बजगाइँले भनेअनुसारको काम गर्न सभापति देउवाले अस्वीकार गरेपछि विरोधमा उत्रिएका छन् ।
अहिले पनि बजगाइँले सभापति देउवा र नेपाली कांग्रेसका विरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । बजगाइँको विवादास्पद अभिव्यक्तिले कांग्रेसको अनुशासन समितिको टाउको दुःखेको छ ।
स्रोतका अनुसार अनुशासन समितिले स्पष्टीकरण सोधेर कारबाहीको संकेत गरेपछि आत्तिएका बजगाइँ वरिष्ठ नेता पौडेलको साथ लिएर जोगिन चाहेका छन् । यति मात्रै होइन कांग्रेस र सभापति देउवाविरुद्ध बजगाइँले अहिले पनि विभिन्न खालका छद्र व्यवहार देखाउँदै आएको कांग्रेस नेताहरूको आरोप छ ।
गोरखामा प्रदेश निर्वाचनमा उम्मेदवार बनेर भारी मतले पराजित भएका बजगाइँ क्यासिनोका विवादास्पद व्यापारी हुन् । क्यासिनोसहित उनले सञ्चालन गरेका व्यवसायहरूले राज्यलाई करोडौं रुपियाँ राजश्व ठगी गरेको अभियोग पनि छ ।
त्यति मात्रै होइन विवादास्पद व्यापारी बजगाइँले स्वीस बैंकमा अर्बौं रुपियाँ राखेको खोज पत्रकारिता केन्द्रले समाचार सार्वजनिक गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत