नेविसंघको विवाद मिलाउन सानेपामा भेला, सहमतिमा नयाँ कार्यसमिति बनाइने
काठमाडौं । नेपाली कांग्रेसको निर्देशक समितिले नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई एकताबद्ध बनाई संगठन सुदृढीकरण गर्ने विषयमा विद्यार्थी नेताहरूसँग छलफल गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले विद्यार्थी नेताहरूसँग परामर्श गरेको नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए ।
सहमहामन्त्री डा.महतको नेतृत्वमा नेविसंघका पूर्वअध्यक्ष र पूर्वपदाधिकारीहरूको भेला भएको हो । सहभागीहरूले नेविसंघको विवादलाई छिटोभन्दा छिटो मिलाएर कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध अगाडि बढ्नुपर्नेमा सुझाव दिएका छन् ।
उनीहरूले नेविसंघ गठनमा ढिलाइ हुँदा कांग्रेसलाई नोक्सानी हुने धारणा राखेको शाहले बताए ।
भेलामा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरू महेन्द्र शर्मा, केशव सिंह, पूर्व पदाधिकारीहरू मनोजमणि आचार्य, प्रतिमा गौतम, प्रमोदहरि गुरागाइँ, शुभराम बस्नेत, प्रचण्ड न्यौपाने, रत्नबहादुर कार्की, कृष्णाकुमारी बस्नेत, दीपक भट्टराई, सरोजकुमार थापा, राजीव ढुंगाना, मोतीलाल भण्डारी, बलदेब तिमिल्सिना, गुरु बराल, ऋषिकेशजंग शाह, सरोज न्यौपाने, उमा सिवाकोटी, हरिश भण्डारी, प्रेमराज जोशी, दुजांग शेर्पा, शंकर पौडेल लगायतका विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।
भेलाले नेपाल विद्यार्थी संघको नेतृत्वमा प्रतिपक्ष दलका ११ विद्यार्थी संगठनहरूको चैत २९ गते हुने कम्युनिस्ट सरकारविरुद्धको बिरोधलाई भब्य बनाउन कार्यकर्ताहरूलाई आव्हान पनि गरेको छ ।
प्रतिपक्षी दलका ११ विद्यार्थी संगठनहरूले कम्युनिस्ट सरकार अधिनायकवादको बाटोमा गएको र सरकारले कामभन्दा ज्यादा काण्डहरू गरेको भन्दै भन्डाफोर गर्न चैत २९ गते राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम राखेका छन् ।
चैत २९ गते राष्ट्रिय सभागृहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ११ विद्यार्थी संगठनका मातृ पार्टीका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत