कांग्रेस नेता आचार्यले प्रचण्डलाई स्मरण गराए पहिलाको हैसियत

बागलुङ । नेपाली कांग्रेस नेता महेश आचार्यले खड्गप्साद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)लाई लगाएको प्रतिबन्ध लोकतन्त्र विरोधी भएको बताएका छन् ।

जीपी कोइराला फाउन्डेशन बागलुङले शुक्रबार आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता आचार्यले राजनीतिक दललाई प्रतिबन्ध लगाउने कामबाट लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुग्ने बताए ।

नेता आचार्यले एउटा दललाई लगाउन खोजेको प्रतिबन्धसँगै अन्य धेरै मूल्यमान्यता पनि तोडिन सक्ने खतरा भएको टिप्पणी गरे ।

‘सशस्त्र द्वन्द्वको बेला माओवादी दर्ता गरेको पार्टी थिएन, गिरिजाप्रसाद कोइरालाले राजीनितिक व्यवहार गर्नुभएको थियो’, आचार्यले भने, ‘राजनीतिक रुपमै द्वन्द्वको समाधान गरेकोले देशमा शान्ति प्रक्रिया अगाडि बढेको हो ।’

उनले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विगतको राजनीतिक हैसियत स्मरण गर्न आग्रह गरेका छन् ।

राज्यका क्रियाकलापबाट टाढिएको दललाई बिच्काएर नभई राजनीतिक छलफल र सहमतिबाटै शान्ति प्रक्रियामा ल्याउन उनले सुझाव पनि दिए ।

नेता आचार्यले कोइरालाको राजनीतिक योगदानको चर्चासमेत गरेका थिए । आन्दोलनको नेतृत्वदेखि ०६२–६३ को आन्दोलनसम्म गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको आधार नछाडेको बताए ।

Published : Friday, 2019 April 5, 7:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया