दाहालले गरे चीनविरुद्धको खुलासा, १४ करोडको खेल
काठमाडौं । वाम विश्लेषक भरत दाहालले गृहमन्त्रालयको नागरिकता आदेशका लागि डेनमार्कले पठाएको १४ करोड प्रयोग भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेखेर दाहालले अराष्ट्रिय तत्वहरूले जन्मको बहानामा तिब्बतीहरूलाई नागरिकता दिने गृहकार्यमा लागेको दाबी गरेका छन् ।
‘विदेशी ईसारामा कुनियतपूर्वक ल्याइएको नागरिकता ऐन संशोधन विधेयकका विरुद्धमा देशब्यापी जनमत बन्दै गएपछि त्रसित भएका अर्राष्ट्रिय तत्वहरूले विधेयक छलफल मै रहेको अवस्थामा सरकारी आदेशको बहानामा विदेशीहरूलाई नागरिकता बाँड्न आदेश दिएका छन्’, उनले भनेका छन् ।
‘विदेशीहरूलाई नागरिकता दिने गृह मन्त्रालयको कथित आदेश विधेयकलाई प्रभावित पार्न र पछाडि नजिरको हवाला दिएर नागरिकता बाँड्ने आधार बनाउनका लागि जारी गरिएको छ’, दाहालले भनेका छन् ।
‘गृह मन्त्रालयले ऐन नबन्दै जुन आदेश जारी गरेको छ, यो ऐन कानून विपरित मात्र छैन कि नेपालको सार्वभौमिकतालाई ठाडो रुपमा चुनौती दिने अपराधिक उद्देश्यबाट जारी गरिएको छ’, उनले भनेका छन्, ‘यसले के साबित गर्दछ भने सत्तामा बसेका अपराधीहरूमा मामुली अंशमा पनि नेपालीपन बाँकी रहेको छैन ।’
उनले भनेका छन्, ‘यी अपराधीहरूसंग नेपालीहरूको सम्बन्ध वार कि पारको सम्बन्ध हो ।’
वाम विश्लेषक दाहालले भनेका छन्, ‘अर्काको नुनमा बाँचेका स्खलितहरू कति खतरनाक हुन्छन् भन्ने कुराको जीवन्त उदाहरण हो यो ।’
नागरिकता षडयन्त्रलाई जबरजस्ती रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउनका लागि मान्छेहरू किनबेच गर्न डेनमार्कबाट १ महिना पहिले १४ करोड रुपियाँ नेपाल आएको दाहालले बताएका छन् ।
प्रस्तुत विधेयकमा कुनै टुंगो नलाग्दै गृहमन्त्रालयबाट नागरिकता वितरणको आदेश दिलाउनका लागि डेनमार्कले पठाएको रकम प्रयोग गरिएको जानकारीमा आएको उनको भनाइ छ ।
‘गृहमन्त्रालयको आदेशलाई नजिर मानेर जन्मको बहानामा तिब्बती लगायतका विदेशीहरूलाई नागरिकता दिने गृहकार्य हुँदैछ’, उनले भनेका छन् ।
संसदमा विचाराधीन नागरिकता विधेयकलाई प्रभावित तल्याउने गरेर गृहमन्त्री रामबहादुर थापाले दुई दिन अगाडि सबै जिल्लाहरूमा परिपत्र गरे जन्मका आधारमा नागरिकता दिन निर्देशन दिएका थिए ।
गृहमन्त्री थापाको यो आदेश र परिपत्रको चौतर्फी विरोध भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत