दाङमा कांग्रेसको कामबाट आत्तियो पूर्वएमाले, यी ‘धुन्दुकारी’ले लगाए ताला
घोराही । सत्तारुढ नेकपाको नेतृत्वमा रहेको जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपालीले घोराही उपमहानगरपालिका वडा नम्बर १५ को वडाध्यक्षको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
सभापति नेपाली तत्कालीन एमालेबाट विजयी भएका हुन् । नेपालीले देखाएको दादागिरिको नेपाली कांग्रेसले विरोध गरेको छ । वडाबासीले पनि सभापति नेपालीको चर्तिकलाको विरोध गरेका छन् ।
ताला लगाएपछि वडा नं. १५ का सेवाग्राहीका कामकारबाही दुई दिनदेखि प्रभावित बन्न पुगेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका रमेश पाण्डेले बिहीबार बिहान पत्रकार सम्मेलन गरेर नेकपाका जनप्रतिनिधिहरूबाट भएको अभद्र व्यवहारबाट आफू निकै दुःखी भएको बताएका छन् ।
जिससका सभापति नेपालीले आफूसंग समन्वय नै नगरी कोठा प्रयोग गरेको आरोप लगाउँदै वडाध्यक्षको कार्यकक्षमा ताला लगाएको दाबी गरेका छन् । वडाध्यक्ष पाण्डेले आफ्नो अधिकार र सम्पत्तिमाथि जिससले हस्क्षप गरेको भनेका छन् ।
तत्कालीन जिल्ला विकास समितिको स्वामित्वमा रहेको सामी परियोजना (वैदेशिक रोजगारमा जानेहरूका लागि प्रशिक्षण केन्द्र) दिने गरिन्थ्यो ।
भवन खाली रहँदै आएपछि त्यसमा वडा कार्यालयले एउटा कोठा प्रयोग गर्दै आएकोमा जिससले बुधबार एकाएक तालावन्दी गरिदिएको वडाध्यक्ष पाण्डेले बताए ।
सामी परियोजनाको कार्यक्रमहरू स्थानीय तहमा गाभिएपछि उक्त भवन खाली रहँदै आएको थियो । त्यसमध्यको एउटा कोठालाई वडा कार्यालयको रुपमा प्रयोग गरेपछि आफ्नो सम्पत्तिमाथि हस्क्षप गरेको भन्दै जिससका सभापति नेपालीले बुधवार ताला लगाइदिएका हुन् ।
वडाध्यक्ष पाण्डेले उपमहानगरपालिका र जिससका अधिकारीसंगको सहमति पछि वडा कार्यालय त्यहाँ सारिएको जानकारी दिएका छन् ।
पाण्डेले वडा कार्यालयको आफ्नै भवन नहुँदा कार्यालय संचालनमा समस्या हुँदै आएको बताएका छन् ।
जिल्ला समन्वय समितिका सभापति नेपालीले आफूहरूसंग समन्वय नै नगरी वडाध्यक्षले अर्काको सम्पत्ति हस्क्षपत गर्न खोजेको हुँदा ताला लगाउनु परेको बताएका छन् ।
स्थानीय सरकारमाथि जिसस हाबी बन्न खोज्नु गलत भएको पाण्डेको भनाइ छ ।
घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले उपमहानगरपालिको उक्त भवन प्रयोग गर्ने मौखिक सहमति जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतमसंग भएको जानकारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत