बारमा कांग्रेसका उम्मेदवारहरूले कम्युनिस्टलाई ह्वात्तै उछिने (अपडेट)
काठमाडौं । नेपाल बार एसोसिएसनको जारी मतगणनामा नेपाली कांग्रेस निकटका उम्मेदवारहरू अगाडि रहेका छन् ।
अधिकांश पदहरूमा लोकतान्त्रिक समूह अगाडि देखिएको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेस निकटको लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले २०१५ मतसहित अगाडि रहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ १७३७ मतसहित पछ्याइ रहेका छन् ।
अध्यक्षका प्रत्यासी कांग्रेसका पोखरेल र नेकपाका श्रेष्ठबीच २७८ मतको अन्तर देखिएको छ ।
महासचिवमा कांग्रेस निकटका लीलामणि पौडेलले २०३३ मत पाएका छन् । नेकपाका सुरेन्द्रबहादुर थापाले १६५४ मतसहित पछ्याइ रहेका छन् ।
कोषाध्यक्षमा कांग्रेसका तेजबहादुर रावलले १९२० मतसहित अग्रता लिइरहेका छन् । नेकपाका उम्मेदवार रुद्रप्रसाद पोखरेलले १७३९ मत पाएका छन् ।
प्रदेश १ को उपाध्यक्षमा कांग्रेसका डिल्लीबहादुर कार्कीले १९८५ मत पाएका छन् । नेकपाका मानबहादुर रुम्दालीले १७३४ मत पाएका छन् ।
प्रदेश २ को उपध्याक्षमा कांग्रेस निकटका सुधिरकुमार कर्णले १९६७ मत पाएका छन् । नेकपा निकटका उम्मेदवार रामचन्द्र सिंहले १७४९ मत पाएका छन् ।
प्रदेश ३ को उपाध्यक्षमा कांग्रेस निकटका राजेश्वर अधिकारीले १८५५ मत पाएका छन् । नेकपाका ईश्वरप्रसाद भट्टराईले १७९० मत पाएका छन् ।
प्रदेश ४ को उपाध्यक्षमा कांग्रेस निकटका निरञ्जनलाल राजभण्डारीले १८९१ मत पाएका छन् । नेकपाका सुरेन्द्र थापा मगरले १८४५ मत पाएका छन् ।
प्रदेश ५ को उपाध्यक्षमा कांग्रेस निकटका सुनिलकुमार श्रेष्ठले २०११ मत पाएका छन् । नेकपाका लीलाधर मरासिनीले १७१७ मत पाएका छन् ।
प्रदेश ६ को उपाध्यक्षमा कांग्रेस निकटका उत्तमप्रसाद आचार्यले १९३६ मत पाएका छन् । नेकपा निकटका मीनबहादुर महतले १७५७ मत पाएका छन् ।
प्रदेश ७ को उपाध्यक्षमा कांग्रेस निकटका ठेकेन्द्रराज जोशीले १९४५ मत पाएका छन् । नेकपा निकटका उम्मेदवार उमेशप्रसाद विष्टले १७३६ मत पाएका छन् ।
महिला खुला उपाध्यक्षमा कांग्रेस निकटकी कविता थापा (कार्की)ले १०२० मत पाएकी छिन् । नेकपा निकटकी रक्षा बस्यालले १७८१ मत पाएकी छिन् ।
राजधानी उपत्यकाभन्दा बाहिरबाट मत गणना भएकाले कम्युनिस्टका उम्मेदवारहरूले काठमाडौंबाट मत पाउने आशा लिएका छन् । तर, कांग्रेस निकटका उम्मेदवारहरूले उपत्यका बाहिरबाट नसोँचेका मत पाएपछि उत्साहित देखिएका छन् ।
तर, कांग्रेस निकटका हरिहर दाहाल, माधव बास्कोटा, महादेव यादव, यज्ञमर्ति मञ्जाडेसहितका वरिष्ठ अधिवक्ताहरूले काठमाडौं उपत्यकामा अन्तरघात नगर्ने हो यो अहिलेको मतगणताको प्राप्त मतअनुसार कांग्रेसका उम्मेदवारहरूले स्वतः जित्ने छन् ।
कांग्रेसभित्रको सम्भावित अन्तर्घातका कारण कम्युनिस्ट निकटका उम्मेदवारहरूले काठमाडौं उपत्यकाभित्रबाट आफूहरूले धेरै मत पाउने आशा लिएका छन् ।
सत्तारुढ नेकपा निकटका उम्मेदवारहरू बारको निर्वाचनमा पराजित हुने हो भने प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ठूलो झट्का लाग्नेछ ।
गाउँगाउँका सानातिना निर्वाचनहरूमा कम्युनिस्टहरूको पराजय भइरहेका बेला बौद्धिकवर्ग मानिने कानून व्यवसायीहरूको संगठनमा पनि पराजय भोग्नु पर्दा ओलीलाई तनाव हुनेछ ।
पछिल्लो मत परिणाबाट कम्युनिस्ट उम्मेदवारहरू हतोत्साहित हुँदै गएको टिप्पणी हुन थालेको छ । मतगणनाको अन्तिम नतिजा शुक्रबार बेलुकासम्म आइपुग्ने अनुमान कानून व्यवसायीहरूको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत