कपिलवस्तुमा सत्तारुढ दलका सयौँ नेता कार्यकर्तालाई देउवाले कांग्रेसमा भित्र्याए (तस्वीर)

चन्द्रौटा । नेपाली कांग्रेस कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलबाट सयौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

विजयनगर गाउँपालिकाको गणेशपुरमा मंगलबार आयोजित आमसभामा सत्तारुढ संघीय फोरम नेपाल, नेकपा लगायतका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कपिलवस्तुका सुरेन्द्रराज आचार्यले जानकारी दिए ।

उनीहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराएका हुन् । कांग्रेस प्रवेश गर्नेमा उपेन्द्र यादव नेतृत्वको संघीय फोरम नेपालका नेता तथा कार्यकर्ता छन् ।

सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्टहरू हरेक क्षेत्रबाट असफल भएको बताए । उनले सरकारको अधिनायकवादी चरित्रबाट सबै जनता आजित बनेको बताए ।

आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्टहरू हरेक क्षेत्रबाट असफल भएको बताए । उनले सरकारको अधिनायकवादी चरित्रबाट सबै जनता आजित बनेको बताए ।

देउवाले कम्युनिष्टले आफ्नो व्यवहार सुधार नभए आन्दोलनबाटै हटाउने चेतावनी दिए । कम्युनिष्टको व्यवहारले जनता आजित भएको बताउँदै उनले विगतमा राणा, पञ्चायत र राजा हटाए जस्तै आन्दोलनबाटै कम्युनिष्ट हटाउन आफूहरू सक्षम रहेको बताए ।

पछिल्लो समय विप्लव माओवादीका नाममा आफ्ना नेता कार्यकर्तालाई राज्यबाट अनावश्यक दुखः दिइएको जानकारी पाएको बताउँदै ती कर्मचारीको हिसावकिताव लिन संसदमै आवाज उठाइने बताए ।

विप्लवलाई कारवाही गर्न नसकेर कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने कार्य सह्य नभएको उनले बताए। देशमा भ्रष्टाचार गर्ने प्रवृत्ति लाख, करोडमा नभएर अर्बमा पुगेको भन्दै पार्टी सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सरकारप्रति व्यंग्य गरेका छन ।

सरकारले विदेशी लगानी ल्याउने भने पनि आफूहरूलाई प्रत्यक्ष के लाभ हुन्छ भनी खोजी गरिएको आरोप लगाए ।

सभालाई सहमहामन्त्री डा.प्रकाश शरण महत, केन्द्रीय सदस्यहरू दीपक गिरी, चन्द्र भण्डारी, अतहर कमाल मुसलमान, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, सांसद अभिषेकप्रताप शाह, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, वीरेन्द्र कनौडिया, दीपक कुमार उपाध्यायसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

      

 

Published : Tuesday, 2019 April 2, 11:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया