कांग्रेसका अन्तरघातिहरूको ‘कालादिन’ शुरु, देउवाले घोषणा गरे पार्टी मिलाउने कुरा
बुटवल । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन् ।
सभापति देउवाले गुल्मीमा आइतबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस आफ्नै नेताहरू र विवादका कारण कमजोर भएको बताएका हुन् ।
देउवाले कांग्रेस पार्टीभित्रको आन्तरिक विवादले आफूहरू कमजोर भएको बताए । उनले नेपाली कांग्रेस आन्तरिक विवादका कारण कमजोर भएपनि कांग्रेस एकै ठाउँमा उभिने वितिकै बलियो हुने दावी गरे ।
चुनावमा कांग्रेसभित्र घात, अन्तरघात भएको उल्लेख गर्दै सभापति देउवाले आफ्नै साथीलाई हराएर बहादुरी देखाउनेलाई पहिचान गरी कारबाही नगर्दासम्म पार्टी बलियो नहुने बताए ।
‘हामीहरूमै धेरै समस्याहरू छन्’, देउवाले भने, ‘निर्वाचनको समयमा आफूले टिकट पाउँदा सबै ठीक हुने, अर्कोले टिकट पाउँदा बेठीक हुने प्रवृत्तिले पाटी कमजोर भएको हो ।’
नेपाली कांग्रेसमा अनुशासन समिति निर्माण भैसकेकाले अब पार्टीमा घात, अन्तरघात गर्नेलाई कडा कार्वाही हुने देउवाले बताए ।
सभापति देउवाले अहिले देशमा कम्युनिष्ट शासन स्थापित गर्न लागिएको बताउँदै यसतर्फ कांग्रेसका सबै नेता कार्यकर्ताहरू सजग हुनुपर्ने बताए ।
उनले भने, ‘पार्टीलाई एक बनाएरु लैजानु आजको आश्यकता हो, पार्टी एकता भएन भने मुलुकमा कम्युनिष्ट शासन स्थापित हुन्छ ।’
लामो समयदेखि कांग्रेसमा घात–अन्तरघात र गुटको ठूलो रोग लागेकाले अब तलदेखि माथिसम्मै नेता कार्यकत्र्ताहरू एकताबद्ध भएर जानुपर्ने देउवाको भनाई रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत