कम्युनिस्ट सरकारले पेल्न खोजेपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

दुई तिहाइको कम्युनिस्टले जथाभावी निर्णय गर्नुका साथै प्रमुख प्रतिपक्ष दलको मानमर्दन गरिरहेका बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

केन्द्रीय कार्यसमितिको बैठक चैत २३ गते शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

बैठकमा केन्द्रीय नेताहरूबीच देखिएका मतभेद र आन्तरिक विवाद समाधान गर्ने विषयमा पनि छलफल हुनेछ ।

सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीभित्रका नेताहरूको असन्तुष्टिहरू पनि मिलाउने प्रयास गरिनेछ ।

नेपाली कांग्रेसका शीर्ष नेताहरू जिल्लामा पुगेर पार्टी संगठनको गतिविधिहरूमा सहभागी हुँदै आएका छन् । कांग्रेसले अबका दिनमा आफूलाई सांगठनिक रुपमा मजबुत बनाएर जाने योजना बनाएको छ ।

कांग्रेसका नेताहरूले कम्युनिस्ट सरकारको दम्भले देशलाई झन् भड्खालोमा लैजाने प्रयास गरेको र संविधानले दिएका अधिकारमाथि समेत अकुंश लगाउने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा खड्गप्रसाद ओली सरकारविरुद्ध कसरी जाने भन्नेबारेमा पनि छलफल हुनेछ ।

Published : Sunday, 2019 March 31, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया