माओवादीले हत्या गरिएका शहीदको गाउँमा कांग्रेसले आमसभा गर्ने

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाले चैत १३ गते बुधबार धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर १ बलाबाखरमा आमसभाको आयोजना गर्ने भएको छ ।

आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

आम सभाको सबै तयारी पूरा भएको नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीले जानकारी दिएका छन् ।

आमसभामा नेपाली कांग्रेस बरिष्ठ नेता पौडेलका साथै केन्द्रीय सदस्य रामकृष्ण यादव, महेन्द्र यादव, आनन्द ढुंगाना लगायतका नेताहरू सहभागी हुनेछन् ।

आमसभामा २० हजारभन्दा बढीको सहभागिता रहने नेपाली कांग्रेस धनुषा सचिव विषेश्वर यादवले जानकारी दिएका छन् ।

कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गरेर अधिनायकवाद लादन थालेका बेला कांग्रेसले धनुषामा आमसभा गर्न लागेको छ ।

सोही दिन शहीदनगर वडा नम्बर १ बलाबाखरस्थित शहीद रामसेवक यादव (खलिफा)को शालिक अनावरण समेत गरिनेछ ।

यादवलाई माओवादीले कथित जनयुद्धका बेला २०५८ साल चैत १६ गते होली पर्वको दिन राति गोली हानेर हत्या गरेका थिए ।

Published : Tuesday, 2019 March 26, 7:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया