पूर्वआइजीपी चन्द र ठेकेदार भारती फरार
काठमाडौं । नेपाल प्रहरीलाई सुडान मिसनका लागि एपीसी (आर्म पर्सनल क्यारियर) खरिदका क्रममा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका ३ पूर्व आइजीपीमध्ये ओमविक्रम राणा र हेमबहादुर गुरुङले सर्वोच्च अदालतको फैसलाअनुसार कैद र जरिवाना तिरी मुक्त भइसकेका छन् । तर, अर्का पूर्व आइजीपी रमेश चन्द ठकुरी भने अझै कानूनतः फरार नै छन् ।
अदालतको फैसलापछि उनी २०७५ सालको दशैँतिहारदेखि बीचमा छोरीको विववाहमा काठमाडौंमै आएपनि प्रहरीले देखेको नदेख्यै गरेको थियो ।
उनी कञ्चनपुर नजिक भारतको नैनीतालमा बस्ने र बेलाबेलामा कञ्चनपुरमा आतेजाते गर्दै आएका छन् । उनका धेरै नातेदार कञ्चनपुरमा बस्ने भएकाले उनी आउने जाने गरिरहन्छन् ।
स्रोतका अनुसार कहिलेकाहीँ पर्यकटका रुपमा उनी थाइल्याण्डमा गएर पनि दिन बिताउने गरेका छन् ।
पूर्व आइजीपी राणा र गुरुङ बेलैमा अदालतमा हाजिर भएर कैद भुक्तान गरेर रिहा भइसकेकापछि उनी पनि ढिला गरेकोमा पछुतो मान्न थालेका छन् ।
राणा र गुरुङ २०७४ फागुनमै रिहा हुने थिए । पक्राउ पर्नुभन्दा अदालतम गएर कैद भुक्तान गर्नुपर्ने रहेछ भन्दै उनी पश्चातापमा छन् ।
सुडान घोटालमा सर्वोच्च अदालतको फैसला आएको २३ महिना पूरा भएको छ । २३ महिनादेखि पूर्वआइजीपी चन्द फरार छन् ।
२०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना तिर्नुपर्ने आदेश दिएका थिए ।
गुरुङ र चन्दलाई अदालतले १ वर्ष कैद र ४० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो । राणा र गुरुङ आफै सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न गएकाले उनीहरूको २० प्रतिशत कैद मिनाहा भई छुटिसकेका छन् ।
राणालाई २ वर्ष कैद तोकिएकोमा उनी २०७४ असार ७ मा हिरासतमा गई २०७५ माघमा निस्किएका थिए । उनी करीव १९ महिना हिरासतमा बसेर रिहा भएका थिए ।
सुडानकाण्डमा संलग्न ३६ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरेको भए पनि सर्वोच्च अदालतले तीन पूर्व आइजीप, दुई एआइजीप, एक डिआइजी, एक एसएसपी र ठेकेदार शम्भु भारतीलाई कैद र जरिवाना तोकी अरुलाई सफाइ दिएको थियो । अख्तियारले सुडान घोटालामा करीव २९ करोड रुपियाँ बिगो दाी गरेको थयो ।
सर्वोच्चले पूर्वएआइजीद्वय श्यामसिंह थापा र दीपक सिंह थाङ्देनलाई १ वर्ष र ४० हजार जरिवाना सुनाएको थियो । तत्कालीन डिआइजी दीपकुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई पनि ६ महिना कैद र ३० हजार जरिवाना फैसला सुनाएको थियो । साँघु साप्ताहिकबाट साभार
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत