स्कटल्याण्डमा एनआरएनएको ‘हिल वाक’
स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ ।
एक सय जनाभन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।
‘एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरूमाझ एनआरएनएप्रति सकरात्मक भावना जगाएको’, उनले भने, ‘यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन बिस्तारमा सहयोग पुगेको छ ।’
हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताए ।
कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिनेछ ।
हिल वाक शुरु हुनुभन्दा पहिले एनआरएनए स्कटल्याण्डका सचिब कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए ।
डुमएट हिलमा पाँच माइलको हिँडाइको लागि करीब दुई घण्टा लागेको थियो ।
एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेसहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरू एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।
हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ ।
इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गरेका भिजिट नेपाल सन् २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे । उनले नेपालको पर्यटन व्यवसायमा सहयोग पुग्ने बताए ।
एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दूतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको कार्कीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत