कांग्रेसका सक्रिय सदस्यको निधन, दाङमा नेताहरूले दिए राहत

मसुरिया । दक्ष फेसनलेवल ड्रेस डिजाईन गर्ने क्षमता रहेका युवा दाङको देउखुरीस्थित पिपरी निवासी ओमप्रकाश परियारको असामयिक निधन भएको छ ।
उनको निधन पश्चात् सयोग स्वरुप नेपाली कांग्रेस पार्टीमा आवद्ध नेता कार्यकर्ताहरूले मृतकका परिवारलाई सहयोग गरेका छन् ।

ओमप्रकाश परियारको असामयिक निधन भएको तेह्रौँ दिनको पून्यतिथिको दिन पारेर पूर्व सांसद एवम् कांग्रेस नेतृ सुशीला चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडाध्यक्षहरू तथा नेपाली कांग्रेस सिसहनियाँ, लालमटियाका सभापतिहरू तथा तेह्रौं दिनको पून्यतिथिमा सहभागीहरूको रोहवारमा मृतककी श्रीमती पुष्पा परियारलाई राहत प्रदान गरिएको हो ।

कांग्रेसद्वारा संकलित नगद ११ हजार ७ सय ६० रुपियाँ तथा युवा नेता गोविन्द रेग्मी, श्यामा रावतले एकजोर कपडा, बर्को समेत प्रदान गरेका छन् ।

नेपाली कांग्रेसले पून्यतिथिको दिनमा मृतक ओमप्रकाश परियारको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समबेदना प्रकट गरेको छ ।

एसईई परीक्षाको अनुगमन

यसैबीच, राप्ती गाउँपालिकाबाट एसईई परीक्षाको सोमबार अनुगमन गरिएको छ । एसईई परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पु¥याउने उदेश्यका साथ अनुगमन गरिएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, शिक्षा तथा खेलकुद शाखाका फनेन्द्रराज देवकोटाले श्री आदर्श नमूना माध्यामिक विद्यालय लालमटिया र श्री माध्यामिक विद्यालय मौरीघाटको अनुगमन गरेका हुन् ।

यसईई परीक्षा सञ्चालन अवस्था तथा परीक्षा, विषयबस्तु, विद्यार्थीका बारेमा परीक्षा केन्द्राध्यक्षसंग सोधपुछका साथै कक्षागत रुपमा अवलोकन समेत गरिएको छ ।

Published : Monday, 2019 March 25, 1:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया