कम्युनिस्ट अधिनायकवादको प्रतिरोध गाउँबाट शुरु गर्नुपर्छः दीपक गिरी
बर्दिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कांग्रेस एकजुट भएर कम्युनिस्टहरुको प्रतिरोध गर्ने बेला आएको बताएका छन् ।
बर्दिया कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य गिरीले कम्युनिस्टहरुमा पलाएको दुई तिहाइको दम्भले जनताले दःख पाएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले कम्युनिस्ट अधिनायकवादको डटेर सामना गर्ने बेला आएको छ । तपाई कार्यकर्ताहरुको साथ कांग्रेस नेतृत्वलाई चाहिन्छ ।’
पार्टीभित्रको आन्तरिक विवादलाई घरभित्रै मिलाएर अधिनायकवादविरुद्ध लड्ने बेला आएको उनले बताए । ‘कम्युनिस्टहरुलाई नेपाली कांग्रेसले मात्रै ठीक ठाउँमा ल्याउन सक्छ’, उनले भने, ‘गाउँगाउँबाट कांग्रेस जाग्ने बेला भैसक्यो ।’
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार एक वर्षमा पूर्ण रुपमा असफल भएको कांग्रेस नेता गिरीले बताए ।
‘कम्युनिस्ट सरकार एक वर्षमा पूर्ण रुपमा असफल भएको छ’, उनले भने, ‘कांग्रेसले अब जनताका पीरमर्का बुझेर समस्याको समाधान गर्नुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत