ओली सरकारको अधिनायकवादको लेबल बढ्योः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले मुलुकमा कम्युनिस्टहरूको दम्भले गर्दा जनताले दुःख पाउन थालेको बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ टोखा नगरपालिका वडा नं. ४ मा शनिबार कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कम्युनिस्ट सरकारले नागरिकका अधिकार हनन् गरिरहेको भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयासमा रहेको बताए ।

डा.महते कम्युनिस्ट सरकारको अधिनायकवादको पारोको लेबल बढ्दै गएको बताए । उनले भने, ‘तपाई हाम्रा अभिव्यक्त गर्ने सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्न खोजिएको छ । साना लगानीका मिडियालाई उठ्नै नसक्ने गरेर ठाडो आदेशमा रोक लगाउन खोजिएको छ ।’

डा.महतले कांग्रेसले संविधानमा नै उल्लेख भएको प्रेस स्वतन्त्रालाई कुनै पनि हालतमा कुठित हुन नदिने बताए ।

कार्यक्रम रविन्द्र श्रेष्ठको सभापतित्वमा भएको थियो । क्षेत्रीय सभापति रमेश खड्का, जिल्ला सदस्य रामचन्द्र घिमिरे, नगर सभापति बसन्त श्रेष्ठ, नेपाली कांग्रेसका उपमेयर उम्मेदवार रजनी थापा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतले कार्यक्रममा १५ जना कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ पनि दिएका थिए ।

Published : Sunday, 2019 March 24, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया