कांग्रेसका नेताहरूले फेरि काठमाडौं छाडे, कम्युनिस्टविरुद्ध कार्यकर्ता जागरुक बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख नेताहरूफेरि देश दौडाहामा निस्किएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा.शेखर कोइराला, दीपक गिरी अहिले देश दौडाहमा छन् ।

वरिष्ठ नेता पौडेल चैत १३ गतेसम्म पूर्वी जिल्लाको भ्रमणमा निस्कएका हुन् । उनका साथमा केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी, गगन थापा, पूर्वसांसद रेशम बानियाँलगायतका नेताहरू छन् ।

उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागी हुनेछन् । पौडेल चैतको ८ देखि १३ गतेसम्म पूर्वीजिल्लाको भ्रमणमा गएकोे उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

वरिष्ठ नेता पौडेलले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गरेर पूर्वी जिल्लाहरूको भ्रमण थालेका हुन् ।

पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा भएको आमसभालाई सम्बोधन गरेका छन् ।

चैत १० गते वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।

चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर पौडेल रात्रि बास बस्न जनकपुर जानेछन् ।

१३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ ।

महामन्त्री डा.शशांक कोइरालाले भने पश्चिम नेपालको भ्रमणमा निस्केका छन् । डा.कोइरालासँगै केन्द्रीय सदस्य गिरी पनि प्रस्थान गरेका छन् ।

महामन्त्री डा.कोइराला र गिरीले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका हुन् ।

डा.कोइराला र गिरीले आइतबार बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

चैत ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको उनका निजी सचिव एवं कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए । महामन्त्री डा.कोइराला र गिरी बाँकेपछि दाङ जाने कार्यक्रम रहेको छ ।

उनी चैत १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ । उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

चैत १५ गते पाल्पा नै बसेर डा.कोइराला चैत १६ गते गुल्मीका लागि प्रस्थान गर्नेछन् । उनी चैत १५ गते गुल्मी बस्ने कार्यक्रम छ ।

चैत १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । डा.कोइरालाका साथमा केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन् ।

यता, पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि चैत १० गते आइतबारबाट देश दौडाहामा निस्किएका छन् ।

नेता सिंह आइतबारबाट पूर्वी जिल्लाहरू झापा, इलाम, पाँचथर र ताप्लेजुङमाको भ्रमणमा जाने उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार चैत १० गते नेपाली कांग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौं जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन् ।

उता, नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पनि चितनवमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । पार्टीको कार्यक्रममा सहभागी भएका डा.कोइरालाले पार्टीको संगठन निर्माणमा जोड दिएका छन् ।

Published : Sunday, 2019 March 24, 9:19 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया