खानेपानी मन्त्री बिना मगरका पूर्वपति पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपामा सक्रिय रहेका खानेपानी तथा ढल व्यवस्थापनमन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पक्राउ परेका छन् ।
नेकपाका तेस्रो वरीयताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगै अधिकारी पनि पक्राउ परेका हुन् । उनी माओवादी हुँदै विप्लव समूहसम्म पुगेका थिए ।
०६६ सालमा अधिकारी र मगरको प्रेम विवाह भएको थियो । पुष्पकमल दाहालका छोरा साकार दाहाल ‘प्रकाश’सँग सगरमाथा चढ्ने क्रममा मायाप्रेम भएपछि शंकर अधिकारी र बिना मगर छुट्टिएका थिए ।
बिना मगरले शंकर अधिकारलाई छाडेर ०६९ सालमा साकार दाहाल ‘प्रकाश’सँग भागेर प्रेम विवाह गरेकी थिइन् ।
अधिकारीले त्यसपछि एउटा अखबारमा अन्तर्वार्ता दिँदै बिना मगरले आफू साकार दाहाल ‘प्रकाश’सँग हिँडेको बताउँदा चकित परेको प्रतिक्रिया दिएका थिए ।
प्रहरीले काभ्रेको खानीखोला–७ बाट बा १७ च ४८९३ नम्बरको स्कारपियोमा नेता सुदर्शनसहित ९ जनालाई पक्राउ गरेको थियो ।
सुदर्शन र शंकर अधिकारीसहित धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ट, ललित तामाङ, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्कालाई पनि प्रहरी नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत