कम्युनिस्टले धेरै छोटेराजाहरू जन्माउन सफल भएः रामचन्द्र पौडेल
सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले धेरै छोटेराजाहरू जन्माएको बताएका छन् ।
नेपाल प्रेस युनियन सिन्धुली शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले हरेक क्षेत्रमा असफल भएका ओलीले छोटोराजाहरू उत्पादन गरेको बताए ।
उनले भने, ‘दुई तिहाई नेतृत्वको नेकपाको सरकार नेपाली राजनीति इतिहासकै असफल सावित भएको छ ।’
पौडेलले वर्तमान सरकारका कारण लोकतन्त्र नै खतरामा परेको समेत आरोप लगाए ।
उनले भने, ‘नेपालमा डेमाक्रेसी सिध्याउन नेकपा सरकार, पैसा थुपार्ने, पैसाकै भरमा चुनाव गर्ने र पैसाकै भरमा पार्टी किन्ने प्रवृत्तिले लोकतन्त्र नै सिध्याउन लागिपरेको छ ।’
उनले एउटा राजा हटाए पनि नेकपा सरकारमा थुप्रै छोटेराजाहरू हाबी भएको बताए । उनीहरूसँग लड्न निक्कै कठिन भएको पौडेलले बताए ।
उनले नेकपाको वर्तमान सरकारसँग ‘ओरल्ली’, ‘मोरल्ली’ र ‘पोलिटिकल्ली’ लडाइँ लड्नु पर्ने बताए ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भले देशलाई सर्वसत्तावादतर्फ लैजान लागेको भन्दै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसले कठघरामा उभ्याएरै छाड्ने चेतावनी दिए ।
उनले मधेसी नागरिकको हक हितका लागि भोलिदेखि आफूले मधेस सम्वाद कार्यक्रम शुरु गर्न लागेको बताए ।
वरिष्ठ नेता पौडेलले कांग्रेसले मात्रै मधेसी जनताको हकहितमा काम गर्ने बताएका छन् ।
‘मधेसी जनताको हकहित के गर्दा हुन्छ ? समस्या के हो ? म भोलिदेखि सम्वाद शुरु गर्छु’, उनले भने ।
यसअघि, वरिष्ठ नेता पौडेलले नेपाल शिक्षक संघ सिन्धुलीको २१औँ जिल्ला प्रतिनिधि सभाको उदघाटन गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत