दाङलाई शैक्षिक हब बनाउन कांग्रेस सांसद अनिता देवकोटाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संवैधानिक आयोगका अध्यक्षहरूको संसदीय सुनवाई र नियुक्तिमा सरकारले संवैधानिक विपरितका कार्य गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवकोटाले संसदीय सुनुवाई विशेष समितिले मुस्लिम आयोगको अध्यक्षको सुनुवाई गर्न नसकेको भन्दै असन्तुष्टि जनाइन् ।
समिम अन्सारीलाई संसदीय सुनुवाई विशेष समितिलाई छलेर मुस्लिम आयोगको अध्यक्षमा बिहीबार सपथ गराइएको छ ।
‘संसदीय सुनुवाई विशेष समितिले मुस्लिम आयोगको अध्यक्ष सिफारिस गर्न सकेन । सत्तारुढ दलको बहुमत भएको समितिले आफ्नो काम गर्न सकेन । यसले गर्दा संसदको गरिमामा प्रश्न उब्जिएको छ’, उनले भनिन् ।
कांग्रेस सांसद देवकोटाले यति धेरै संवैधानिक आयोगको अध्यक्ष बनाउँदा पनि महिला अध्यक्ष नपरेको भन्दै आक्रोश जनाइन् ।
सांसद देवकोटाले दाङलाई शैक्षिक हब बनाउन माग गरिन् । ‘दाङलाई शैक्षिक हब बनाउनुपर्छ’, उनले भनिन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानन, महेन्द्र संस्कृत विश्व विद्यालय, आयुर्वेद विद्यालय लगायतलाई व्यवस्थित गरेर जानुपर्छ । कतिपय विद्यालयका कर्मचारीले तलव खान पाएका छैनन् । तलव दिनुपर्छ ।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादलाई मिलाउन नसकेको भन्दै कांग्रेस सांसद देवकोटाले आपत्ति जनाइन् । उनले भनिन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादलाई प्रयोजित बनाइएको छ । यसको समस्या समाधान गर्न सरकारले चासो नदेखाउनु गम्भीर विषय बनेको छ ।’
सांसद देवकोटाले दाङमा नेपाली कांग्रेसको पालमा शुरु गरिएको सडक विस्तार र फराकिलो बनाउने एवम् अन्य विकासका कार्यक्रमहरूलाई पनि पूरा गर्नतर्फ सरकारको ध्यानाकर्षण गरेकी छिन् । कांग्रेसले शुरु गरेका कार्यक्रमलाई राजनीतिक पूर्वाग्रह नराखेर कार्यान्वयन गर्नुपर्ने उनको सुझाव थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत