बारको निर्वाचनमा कम्युनिस्टहरूको पराजय निश्चित छः सुनिल पोखरेल
काठमाडौं । बृहत्त लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा पोखरेलले यसपटकको निर्वाचन नेतृत्वकेन्द्रित नभएर नीति केन्द्रित हुने स्पष्ट पारे ।
न्यायापालिकामा रहेका विकृति सुधार्नु नै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाई छ । पोखरेल नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको तर्फबाट नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
उनले आफूले बारको भिजन र मिशनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए । उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृति बिहीन बनाउन जुडिसिएल ट्रेन्ड एनालाइसिसको सुरुवात गर्न आफूले उम्मेदवारी दिएको र जीत सुनिश्चित रहेको बताए ।
आफूले देशभरिका कानून व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि उनले बताए । बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले बताएका छन् ।
पेशामा आउन लागेका नवोदित व्यवसायी साथीहरूलाई तपाईहरूको लागि आशाको केन्द्रको रुपमा बार छ है भनेर देखाउनेपनि उनले बताएए ।
बार र अदालतलाई रिफर्म गर्ने एजेण्डासहित आफू चूनावी मैदानमा होमिएको पोखरेलले बताए । उनले नेतृत्वको लागि स्वस्थ प्रतिष्पर्धा हुने र आफूहरूको विचार पनि धेरै मिलेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत