दाङमा घरको छतबाट खस्दा विप्लव गम्भीर घाइते
काठमाडौं । दाङ जिल्लामा तुलसीपुर उपमहानगरपालिकामा घरको छतबाट एकजना बालक खस्दा गम्भीर घाइते भएका छन् ।
शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा घर भई हाल तुलसीपुर उपमहानगरपालिका ९ अमृत टोलमा होली खेल्ने क्रममा बिहीबार बिहान १२ वर्षीय विप्लव केसी घरको छतबाट खसेको प्रहरीले जनाएको छ ।
कोठाभाडामा बस्ने गौरी केसीको छोरा सोही घरको छतबाट होली खेल्ने क्रममा एक्कासि खस्दा घाइते भएका थिए ।
उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि कोहलपुर पठाइएको छ ।
होली खेल्ने क्रममा विभिन्न जोखिम दुर्घटना हुने हुँदा त्यसतर्फ सचेत भई होली खेल्न प्रहरीले अनुरोध गरेको छ ।
Published : Thursday, 2019 March 21, 12:15 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत