रेणु दाहालले कांग्रेसको याद भुल्न सकिनन्, चकित परे ‘चम्चा’हरू

भरतपुर । नेपाली कांग्रेसको साथ पाएपछि भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेणु दाहालले कांग्रेस नेतृ एवम् उपमेयर पार्वती शाहसँग सम्बन्ध सुधारको प्रयास थालेकी छिन् ।

‘चम्चा’ कार्यकर्ताहरूको कुरा सुनेर रेणु र पार्वतीबीच सम्बन्ध बिग्रिने अवस्थामा पुगेका बेला होली पर्वले दुई नेतृलाई नजिक पुर्‍याइदिएको छ । होली पर्वका अवसरमा मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहले एक आपसमा रंग र अबिर लगाएर मनाएका छन् ।

रेणु र पार्वतीले सँगै होली पर्व मनाएर आफू एक भएको सन्देश भरतपुर महानगरपालिकाका स्थानीयलाई दिने प्रयास गरेका छन् ।

विकास निर्माणको विषयमा नेपाली कांग्रेसकी नेतृ एवम् उपमेयर पार्वती शाहलाई पेलेर जान खोजेपछि मेयर रणु दाहाल विकास विरोध भएको भन्दै आलोचना भएको थियो ।

मेयर रेणु दाहालको निजी सचिवालयमा बस्ने केही व्यक्तिहरूका कारण मेयर र उपमेयरबीच सम्बन्ध चिसिएको थियो ।

‘समृद्धिका लागि भरतपुर महानगर एक छौं’ भनेर मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहले एकसाथ खिचेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेपछि भरतपुर महानगरवासीमा खुसियाली छाएको चर्चा हुन थालेको छ ।

होली पर्व भनेको असत्यमाथि सत्यको विजय भएको दिनका रुपमा लिइन्छ । साथै मनभित्रको रिस, द्वेषलाई पखाल्ने पर्वका रुपमा पनि चिनिन्छ ।

‘चम्चा’हरूका कारण निराश बनेका भरतपुर महानगरपालिका मेयर र उपमेयरका बीच सम्बन्ध सुध्रिएको सन्देश बाहिर आएपछि भरतपुरबासीमा खुशीयाली छाएको छ ।

होलीको दिन दुई दिदीबहिनी एक भएको सन्देशले भरतपुर महानगरवासीको मनमा पनि रंगले रंगिएको छ ।

आफ्ना निजी सचिवालयका केही ‘चम्चा’हरूको कुरा सुनेर मेयर रेणु दाहालले उपमेयर पार्वती शाहसँग सम्बन्ध बिगारेको चर्चा हुने गरेको छ ।

Published : Thursday, 2019 March 21, 11:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया