गुप्तचरका उच्च अधिकारीसहित आइजीपी खनाल बैंकक प्रस्थान
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको राजधानी बैंककमा प्रस्थान गरेका छन् ।
बैंककमा हुन लागेको बिमस्टेक राष्ट्रहरूको ‘थर्ड मिटिङ अफ द बिमस्टेक नेशनल सेक्युरिटी चिफ’ विषयक कार्यक्रममा सहभागी हुन आइजीपी खनाल बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रहरी महानिरीक्षक खनालसँगै कार्यक्रममा सहभागी हुन नेपाल सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापा समेत त्यसतर्फ प्रस्थान गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।
चैत ७ गते संचालन हुने उक्त कार्यक्रममा बिमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने कार्यक्रम रहेको छ ।
कार्यक्रममा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखन लगायतका संगठित अपराध तथा विपद व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रहरुका वीच सहयोग आदान प्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव समेतको आदान प्रदान लगायतका विषयमा छलफल हुनेछ ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रहरी प्रधान कार्यालयको दैनिक काम कारवाही सम्हाल्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत