बुधबारदेखि राजपा नेपालको संयोजक भण्डारी
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् ।
राजपामा दुई–दुई महिनामा संयोजक परिवर्तन हुने विधानमा व्यवस्था छ । सोही व्यवस्थाअनुसार भण्डारी बुधबारदेखि राजपा नेपालको संयोजक बनेका हुन् ।
फागुन २९–३० र चैत १ गते काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले भण्डारीलाई संयोजक बनाउने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिएका छन् ।
भण्डारीभन्दा अगाडि राजपा नेपालको संयोजक महिन्द्र राय यादव थिए । यसअघि महन्त ठाकुर र राजेन्द्र महतो संयोजक बनिसकेका छन् ।
राजपा २०७४ साल वैशाख ७ गते मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रियस्तरको तेस्रो दल हो ।
राजपाको प्रतिनिधि सभामा १७ सांसद थिए । सर्वाेच्चको फैसलापछि सांसद रेशम चौधरी निलम्बनमा परेपछि अहिले १६ सांसद र राष्ट्रिय सभामा २ सांसद छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत