विप्लवको सफायाको सूचीमा को–को संलग्न ?

काठमाडौं । विप्लव नेकपाले सफाया गर्ने सूचीको दोस्रो नम्बरमा आफ्नो नाम रहेको खुलासा प्रचण्ड आफूले गरेपछि राजनीतिक बजार गर्माएको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयको शहीद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रममा उनले यसो भन्नु केही दिनअघि विप्लव समूहलाई प्रतिबन्ध लगाउनेसम्बन्धी बालुवाटार बैठकमा त्यस्तो विवरण पेश भएको थियो, उनकै समूहका नेता रामबहादुर थापा मन्त्री रहेको गृहका तर्फबाट ।

प्रधानमन्त्री खड्गप्रसाद ओली, नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा.मीनेन्द्र रिजाल, गृह तथा कानून मन्त्री सम्मिलित छलफलमा विप्लव समूहले सेबोटेज गर्ने १२ जनाको सूची पेश भयो । त्यसकै दोस्रो नम्बरमा थियो प्रचण्डको नाम ।

त्यही सूचीमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री देउवाको पनि नाम मुछिएपछि बालुवाटारमा बसेर प्रतिबन्धको निर्णय भएको हो ।

प्रचण्ड कुनै बेला विप्लवका पनि सुप्रिम कमाण्डर, उनले ‘क्रान्तिलाई धोका दिए’भन्दै विप्लवहरू अहिले भाषण गर्छन् र प्रतिशोधस्वरुप हिटलिष्टमा नाम हालेका छन् ।

तर, जागिर खाने क्रममा अख्तियार आयुक्तको शिकार भई ओरालो लागेका निलम्वित सहसचिव चुडामणि शर्मा, घुसकाण्डमा फरार लम्बोदर न्यौपाने र अख्यिार आयुक्तबाट अघिल्लो महिना राजीनामा दिएका राजनारायण पाठकहरूको नाम पनि त्यसमै थियो । जनआस्था साप्ताहिकबाट साभार ।

Published : Wednesday, 2019 March 20, 9:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया