सैँतीस जना डिएसपीको एसपीमा बढुवा (नाम)
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त प्रहरी उपरीक्षक पदमा बढुवाद्वारा पदपूर्ति गर्न सशस्त्र प्रहरीको नियमावलीअनुसार सशस्त्र प्रहरी नायब उपरीक्षकबाट उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरीको बढुवा सूचीको एक नम्बरमा दिलबहादुर पन्थ रहेका छन् । दोस्रो र तेस्रो नम्बरमा क्रमशः प्रवीण कँडेल र विष्णुप्रसाद भट्ट रहेका छन् ।
३७औँ नम्बरमा वीरेन्द्रबहादुर बुढाएर डिएसपीबाट एसपमा बढुवा भएका छन् ।

Published : Tuesday, 2019 March 19, 6:54 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत