दाङ कांग्रेसका सभापतिद्वारा जिल्ला सदस्यहरू मनोनीत
घोराही । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जिल्ला कार्यसमितिमा दश जना सदस्य मनोनीत गरेका छन् ।
पार्टी विधानले दिएको अधिकारलाई प्रयोग गरेर सभापति खड्काले मंगलबार दश जना जिल्ला सदस्य मनोनीत गरेका हुन् । मनोनीत हुने अधिकांश सभापति खड्का निकटका छन् ।
जिल्ला सदस्य मनोनीत हुनेमा लक्ष्मण पवन शर्मा, धर्मबहादुर यादव, मेघराज खत्री, ध्रुबकुमार पुन, गोपालराज शर्मा, भीमप्रकाश खड्का, श्याम रेग्मी, जोगेन्द्रबहादुर विश्वकर्मा, यज्ञनाराण आचार्य र जितबहादुर केसी रहेका छन् ।
मनोनीत हुनेमा थारु, महिला परेका छैनन् । दाङमा थारुहरूको बाहुल्यता छ । तर, सभापति खड्काले थारुहरूलाई स्थान नदिएको भन्दै विरोध पनि भएको छ ।
जिल्ला सदस्य मनोनीत गर्ने क्रममा सभापति खड्काले पार्टीभित्र छलफल नै नगरेको आरोप लागेको छ ।
लामो समयपछि खड्काले जिल्ला कार्यसमितिमा सदस्यहरू थपेका छन् । सभापति खड्का स्व.खुमबहादर खड्का निकटका मानिन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत