दुगडको हाइड्रोमा नानाथरी धन्दा, डिएसपीलाई पैसा बुझाउन काठमाडौंमा डिल
काठमाडौं । हिमाल र पाँचपोखरीबाट बगेर आउने लिखुखोलामा हाइड्रोपावर निर्माण गर्न लागेको मोती दुगड समूहले स्थानीय जनताहरूलाई ठगी गरिरहेको अवस्थामा सोलुका प्रहरी प्रमुख त्यसको मतियार बनेका छन् ।
सात महिनाअघि सरुवा भएर गएका डिएसपी शालिग्राम पौडेल त्यसको मतियार बनेका हुन् ।
नेपाल प्रहरीमा राम्रै छवि बनाएक डिएसपी पौडेल सोलुपुगेपछि भने मोतीलाल दुगडले सञ्चालन गरेको पाम हिमालय र ग्लोबल हाइड्रो पावर एसोसिएसनको आर्थिक प्रलोभनमा परी स्थानीय जनतालाई दःख दिने गरेको स्रोतको दाबी छ ।
लिखुपिक गाँपालिका वडा नं ४ र वडा नं ५ मा सञ्चालित सो हाइड्रोपावरको पावर हाउस पुरानो किन्जा बजारमा निर्माण हुँदैछ ।
सो निर्माण गर्ने क्रममा स्थानीय जनातहरूले लिखु खोला दोहन गरेर घाट व्यवस्थापनमा समेत असजिलो परेको आवाज उठाउदा स्थानीय प्रहरीले गोली समेत चलाएको थियो ।
त्यसपछि स्थानीय वासिन्दाहरूलाई धरपकड गर्ने मुद्दा चलाउने जस्ता कार्य उनै डिएसपीको कमाण्डमा भएको थियो । त्यसलाई सहयोग गर्न स्थानीय प्रहरी चौकीका रमेश मेहता परिचालन भएका छन् ।
उनै मेहतामार्फत शर्माले मोती लाल दुगडबाट लाखौ रुपैया हात पारेका छन् । अत्यन्तै कुटील स्वाभावका डिएसपी पौडेलको सो रकम काठमाडौस्थित एक सहकारीमा जम्मा भएको थियो ।
स्थानीय प्रहरी चौकीका कमाण्डर रमेश मेहताले सो रकम डिएसपीलाई हात लगाए वापत उनी पुरस्कृत समेत बनेका थिए ।
उनलाई बुझाएको रकम ब्रोकर प्रहरी अधिकृत मेहता र हाइड्रोका कर्मचारी राजन केसी काठमाडौ आई सहकारीमा जम्मा गरेका हुन् ।
डिएसपीलाई रकम बुझाउन सो हाइड्रो पावरका कर्मचारी राजन केसी, स्थानीय प्रहरी चौकीका कमाण्डर मेहता काठमाडौं आएको स्रोतल बतायो ।
त्यसको बदलामा डिएसपी शर्माले स्थानीय बासिन्दाहरूलाई पक्राउ गरी ज्यान मुद्धा लगाउने धम्की दिएका थिए ।
वडा नं ५ नं अध्यक्ष निम छिरी शेर्पा र वडा नं ४ अध्यक्ष तथा प्रशासनमा बस्ने धिरज बस्नेतको सहयोगमा एक व्यक्तिले पाउने सेवा सुविधाबाट समेत बन्चित गरिएको थियो ।
किन्जाको पारी पर्ने बच्छी भन्ने स्थानमा मकवानपुरका एक इलेक्ट्रिसियनको सोही हाइड्रोमा काम गर्ने लोचन पौडेलेको हत्या भएको विषयमा स्थानीय प्रहरी कार्यालयले कही कतै खबर गरेन ।
डिएसपी पौडेललाई सुटुक्क जानकारी गराएको भए पनि उनले हाइड्रको चाहनाअनुसार स्थानीय प्रहरी चौकीबाटै मिलाउन चाहे र उतैबाट मिलाइदिए ।
जसका कारण मेहताले पौडेलको मृत्युलाई गुपचुप राखे । महोत्तरीको बर्दीवासमा प्रमुख हुँदा ब्रह्मालुट गरेका शर्माले सोलु पुगेपछि पनि स्थानीय वासिन्दालाई दबाएर दुगडको हाइड्रोबाट लाखौं रुपैया लिएका हुन् । उनले त्यहाँ क्रसर उद्योग समेत खोल्न दिएका छन् ।
पहाड नै खस्नेगरी शुरु गरिएको उद्योगले स्थानीय बासिन्दाहरूको बस्ती समेत जोखिममा परेको छ । एक महिना अघि लिखुपिकेस्थित सो हाइड्रोपावरको पावर हाउस निरीक्षण गर्न परगेका डिएसपी पौडेलले त्यसलाई कसैले छोए मात्रै पनि गोली हान्ने दिएर फर्केका थिए ।
डिएसपीको सो आतंकबाट अहिले स्थानीय वासिन्दा त्रसित बनेका छन् । दुई वर्ष अघि बर्दिबास चोकदेखि एक किलोमिटर पूर्व महेन्द्रराजमार्गको दुवै छेउमा क्रसर चलाउन पनि उनी डिएसपीको संलग्नात रहेको थियो ।
क्रसर उद्योग चुरेको फेद र रातु खोलाको बगरमा राजमार्गमा टाँसिएरै सञ्चालित गर्न उनले नै आखाँ चिम्लिएका थिए । अहिले सोलुमा सञ्चालित क्रसर उद्योगलाई पनि उनले नै आँखा चिम्लिरहेका छन् ।
जसको हिस्सा उनैसामू आइपुग्नेछ । सोलुमा अहिले पाँच वटाभन्दा बढी हाइड्रोपावर सञ्चालनमा छन् । लिखुखोलामा चलिरहेको हाइड्रोपावरमा भने उनको विशेष ध्यान गएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत