दाङको राप्ती प्रादेशिक अस्पतालमा चिकित्सक चाहियोः कोमल ओली
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा सांसद कोमल ओलीले दाङको तुलसीपुरमा रहेको प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकहरू पठाउन माग गरेकी छिन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सम्पूर्ण विशेषज्ञ सेवासहित चिकित्सकहरू पठाउन माग गरिन् ।
‘तुलसीपुरको प्रादेशिक अस्पताल दाङको लागि मात्रै होइन’, उनले भनिन्, ‘आसपासको जिल्लाहरूबाट बिरामीहरू उपचार गराउन आउँछन् ।’
अस्पतालमा प्राविधिक र भौतिक सामानहरू पनि नहरेको भन्दै सांसद ओलीले छिटोभन्दा छिटो चिकित्सक पठाउन माग गरिन् ।
उनले १५–१६ जना चिकित्सकहरूको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा ४–५ जना चिकित्सकहरूले सेवा दिएको भन्दै स्वाथ्यमन्त्री र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत