युकेमा बाँसुरी बाद्यवादकहरू संगठित
केन्ट । गत १७ तारीख २०१९ को दिन एम्पायर हल, अल्डरसटमा “बाँसुरी समूह युके”ले दोस्रो भेला सम्पन्न गरेको छ ।
बेलायतमा यस समूहको स्थापना सन २०१७ तिर फेसबुकमार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन् । युकेमा रहेर पनि नेपाली लोक बाद्यवादनलाई जगेर्ना गर्नु तथा सम्बद्र्धन गर्दै जानु उक्त ग्रुपको मुख्य उदेस्य रहेका छ ।
सदस्यहरु बड्दै गएसँगै बेलायतमा हुने कार्यक्रमहरुमा निमन्त्रणा आउन थालेपछि कार्यसमिति खडा गरेर साङ्गठनिक रुपले अघि बड्न सजिलो हुने भएकोले कार्य समितिको चयन गरिएको छ ।
उक्त “बाँसुरी समूह युके”ले गत वर्ष “बासुरी चौतारी बेलायत”को नामले पहिलो भेला सन २०१८ मा गरेको थियो । जुन क्लोज ग्रुप भएको हुनाले यस वर्षबाट ओपन फेसबुक पेज जस्लाई “बाँसुरी समूह यूके” नाम राखेर आजकै मिती बाट सञ्चालनमा ल्याएको छ ।
बिगत वर्ष जस्तै यस वर्ष पनि बाँसुरीमा डिप्लोमा गरेका, सास्त्रीय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दशक खोज अनुसन्धान गरेका दीपक चाम्लिङ्ले केही ज्ञानहरू समूहलाई बाँडेका थिए ।
कार्यक्रमको अन्त्यपछि भेटघाट रेष्टुरामा गएर रात्रिभोज साथै राति ९ बजेसम्म बाँसुरी बजाएर रमाइलो पनि गरेका थिए ।
“बाँसुरी समूह युके”को नयाँ कार्यसमितिको अध्यक्षमा खड्क क्षेत्री चयन भएका छन् । सचिवमा सेमन्त राई, कोषाध्यक्ष लोक थापा, ब्यावस्थापन कुल थापा रहेका छन् ।
पि आर तथा मेडियामा सुरेन्द्र इङ्नाम, सल्लाहकारमा दीपक चाम्लिङ् “प्रतिसुच्चा” तथा सदस्यहरूमा बिस पुन, भरत राई, कमल थापा, मेघ गुरुङ, भुपाल गुरुङ र पदम गुरुङ रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत