पत्नी र छोरी ज्वाइँलाई लिएर प्रचण्ड अमेरिका उडे
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
आइतबार अपरान्ह पाँच बजे प्रचण्डकी पत्नी सीताका साथै कान्छी छोरी गंगा दाहाल आचार्य र ज्वाइँ जीवन आचार्यका साथमा उनी अमेरिका गएका हुन् ।
प्रचण्डकी पत्नी सीता दाहाललाई पार्किन्सन भन्ने रोग लागेको छ । सीताले बैंकक, सिंगापुर, भारत लगायतका विभिन्न देशमा थुप्रै रकम खर्च गरेर उपचार गराकी छिन् ।
उनको रोग निको हुन नसकेपछि अमेरिका उपचारका लागि लगिएको छ । सीता दाहाललाई सुगर र उच्च रक्तचाप पनि रहेको छ ।
छोरा साकार दाहाल ‘प्रकाश’को गत वर्ष निधन भएपछि सीता दाहाल कमजोर भएकी छिन् ।
Published : Sunday, 2019 March 17, 5:34 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत