दाङको ट्रक दुर्घटना, एकजनाको मृत्यु, दुई घाइते
कावासोती । नवलपुर जिल्लाको कावासोतीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कावासोतीको खरकट्टा जंगलमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।
उनको सोही ट्रकमा च्याप्पिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १०९९ नम्बरको ट्रक र सोही दिशाततर्फ जाँदै गरेको ना ६ ख ११९४ नम्बरको अर्को ट्रक आइतबार बिहान २ बजेतिर ठक्कर खाँदा दाङकै सुदीप राई र सोही ठाँउका विनोद लामा गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । मृतक राखललाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा राखिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत