कांग्रेसका नेता तिमल्सिनाद्वारा चन्द्रपुरमा दुई भवनको शिलान्यास

चन्द्रपुर । रौतहटको चन्द्रपुर ६ स्थित चन्द्रपुर सिटी जेसिज र चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन शिलान्यास गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रदेश २ का प्रदेश सांसद धनलाल ठोकर, चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, वडा नं. ५ का वडाध्यक्ष सञ्जय काफ्ले र चन्द्रपुर सिटी जेसिज र चन्द्रपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभाका सांसद एवम् कांग्रेसका नेता देवीप्रसाद तिमल्सिनाले सबैले हातमा हात मिलाई सहकार्य गर्दै भवन निर्माण गर्नुपर्ने बताए ।

चन्द्रपुर सिटी जेसिजका आध्यक्ष निर्मल भण्डारीले भवन निर्माण कार्य १ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जयसवालले भवन निर्माणमा सबैको सहयोग अनिवार्य रहेको बताए ।

Published : Saturday, 2019 March 16, 10:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया