कांग्रेसका युवा नेता खतिवडाद्वारा राहत प्रदान, अग्निपीडितले दिए आर्शीवाद

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगामा आगलागीमा परेर घर गुमाएका परिवारहरूलाई राहत प्रदान गरेका छन् ।

गृहजिल्ला ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको वडा नम्बर २ को चुनहानछापका शनिबार स्थानीयलाई खतिवडाले राहत प्रदान गरेका हुन् । राहत पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । उनीहरूले घर निर्माण र राज्यबाट पाइने अरु सहयोगका लागि पहल गरिदिन पनि खतिवडासँग आग्रह गरेका छन् ।

कांग्रेसका युवा नेता खतिवडाले आगलागी पीडितहरूलाई चामल, लत्ता–कपडा, ब्लाङ्केट, त्रिपाल, बाल्टिन लगायतका राहत सामाग्री प्रदान गरेका हुन् । खतिवडाले आफ्नै पहलमा राहत सामाग्री प्रदान गरेका हुन् ।

खतिवडा आफै राहत सामाग्री बोकेर ओखलढुङ्गाको आगलागी पीडितको घरसम्म आइपुगेका छन् । राहत वितरण कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापतिको पनि सहभागिता रहेको थियो ।

ओखलढुंगा जिल्लाको सिद्दिचरण नगरपालिका वडा नम्बर २ मा चुहानछाप नजिकैको जंगलवाट शुरु भएको ठूलो डढेलोले छ वटा घरहरू जलाएर नष्ट गरेको थियो ।

राहत पाउनेमा नरेन्द्र कार्की, बलबहादुर कार्की, ढकबहादुर कार्की, यशोदा कार्की, लक्ष्मी खड्का, दुलबहादुर कार्की, शमशेरबहादुर कार्की (माटान) र प्रेमबहादुर कार्की (मटान)लाई कांग्रेसका नेता खतिवडाले राहत सामाग्री वितरण गरेका हुन् ।

ठूलो हावाहुरीका कारण घरहरूमा आगलागी भएको थियो । आगलागीलाई समयमा नियन्त्रणमा लिन कठिनाइ भएको थियो । सोही कारण ६ वटा घरभित्र रहेका सम्पूर्ण गरगहना, सरसमान सहित २ मतान जलेका थिए ।

युवा नेता खतिवडाले आगलागीबाट भएको नोक्सानीबाट आफू अत्यन्तै दुखी भएको बताएका छन् । राहत वितरणका क्रममा उनले आफूले सक्ने राहत सहयोग लिएर तत्काल आएको बताए ।

खतिवडाले आगलागी नियन्त्रण गर्न खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीया युवाहरूलाई विशेष धन्यावाद दिएका छन् ।

कांग्रेसका युवा नेता खतिवडाले दुई हप्ता अगाडि पनि जिल्लामा आगलागीमा परेका पीडित परिवारहरूलाई राहत प्रदान गरेका थिए ।

Published : Saturday, 2019 March 16, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया